अमेरिकामा इन्धन संकट

काठमाडाैं । अमेरिकाले इन्धन आपूर्तिमा आपतकाल घाेषणा गरेकाे छ । अमेरिकाकै ठूलो इन्धन वितरक कोलिनियल पाइलाइनमा साइबर आक्रमणका कारण यसाे गरिएकाे हाे ।   आपतकालीन अवस्था लागु गरेपछि साइबर सुरक्षा राष्ट्रिय सुरक्षाका लागि नै गम्भीर चिन्ताको विषय रहेको भन्दै राष्ट्रपति जो बाइडेनले  बताएका छन् । कोलोनियल पाइपलाइनले अमेरिकामा  दैनिक दुई करोड ५० लाख ब्यारेल इन्धन वितरण गर्ने गरेकाे थियाे ।  कोलोनियल पाइपलाइनको हेडक्वाटरमा साइबर आक्रमण भएपछि इन्धन आपूर्तिमा असहज हुने बताइएकाे छ ।

 

अमेरिकाको पूर्वी क्षेत्रमा खपत हुने डिजेल, ग्यास तथा जेट फ्यूलको ४५ प्रतिशत हिस्सा कोलोनियल पाइपलाइन मार्फत वितरण हुने गर्छ। आपतकालीन अवस्था लागु भएसँगै इन्धनको ढुवानी सडक यातायात मार्फत हुने भएको छ। साइबर आक्रमणका कारण गएको शुक्रबारदेखि कोलोनियल पाइपलाइन पूर्ण रुपमा अफलाइन भएको छ। अझै पनि सेवा पुनः सुचारु गर्नका लागि प्रयास भइरहेको कम्पनीले जनाएको छ। विज्ञहरुले इन्धनको मूल्य सोमबार २–३ प्रतिशतले बढ्ने बताएका छन्। तर सेवामा परेको प्रभाव अझै केही दिन कायम रहेमा समस्या थप जटिल हुनेछ।

 

डार्कसाइड नामक साइबर आपराधिक समूहले कोलोनियल पाइपलाइनको कम्प्युटर प्रणालीमा आक्रमण गरेको विभिन्न स्रोतबाट पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। बिहीबार सो समूहले आक्रमण गरि झण्डै १०० जिबी डाटा चोरी गरेको जनाइएको छ। त्यसपछि आक्रमणकारीले ती डाटाहरु केही कम्प्युटर र सर्भरमा लक गरेका हुन्। आफूहरुलाई माग गरिए अनुसारको पैसा नदिएमा सम्पूर्ण जानकारीहरु चुहावट गरिदिने चेतावनी सो समूहले दिएको छ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...