मध्यरातमा सिराहाको एक घरमा लुटपाट

सिराहा । सिराहाको लहान नगरपालिका–१ सिग्राही मटियर्वास्थित इन्द्रदेव ठाकुरको घरबाट ठूलो परिमाणमा धनमाल लुटपाट भएको हो । मध्यरात सात आठ जनाको समूहमा आएका लुटेरा समूहले नगद रु ६ लाख र गरगहनासमेत गरी करीब रु १० लाख मूल्य बराबरको धनमाल लुटेर लगेको पीडित परिवारले बताएको छ । लुटेराहरू भर्याङको सहायताले छत हुँदै घरमा प्रवेश गरेको र आफ्ना दुई छोराको कञ्चटमा पेस्तोल राखी दराजको साँचो खोसेर नगद रु ६ लाख र छोरी–बुहारीले लगाएको २ तोला जति सुन र २० तोला चाँदी लुटेर लगेको ठाकुरले जानकारी दिए ।

लुटेराले घरका सबै सदस्यको मोबाइल कब्जामा लिएका थिए । केही बोले मारिदिने धम्की दिएको ठाकुरले समयमा प्रहरीलाई खबर गर्न नसकिएको ठाकुरको भनाइ छ । लुटेराहरू गइसकेपछि मात्रै घटनाबारे छिमेकी र प्रहरीलाई जानकारी गराएको उनले बताए । सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा.तपनकुमार दाहालले जानकारी दिए । लुटपाटमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...