वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने एक जना समातिए

वीरगंज ।  पर्साकाे वीरगञ्जबाट मोटरसाइकल चोरी गर्ने एक जना समातिएका छन् । महानगरपालिकाकाे वडा नम्बर ३१ भेडैयाखाेलाकाे पुलबाट सवारी चेकजाँचकाे क्रममा जिल्लाकाे बहुदरमाई नगरपालिका ४ का २३ वर्षीय नसिर अन्सारीलाई चाेरीकाे माेटरसाइकल सहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वीरगञ्ज महानगरपालिका ३१ वेल्वा बस्ने सुरेन्द्र यादवको नाममा दर्ता रहेको ना.१९ प ४०२२ नम्बरको सेतो कालो रंगको सुपर स्पलेण्डर मोटरसाइकल उनकाे घरबाट अन्सारीले चाेरेर लैजाने क्रममा मिलनचोक प्रहरी चाैकीबाट खटिएकाे टाेलीले मंगलबार दिउँसाे सवारी चेकजांचकाे क्रममा पक्राउ गरिएकाे प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जनाएकाे छ । अन्सारीलाई नियन्त्रणमा लिई आजै चोरी सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट सात दिनकाे म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रवक्ता खनालले बताएका छन् ।

+ posts

सम्वन्धित समाचार

टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ टोले गुण्डाबाट राजनीतिक रूपान्तरणमा लागेका छन् ।

नागरिकले विदेशमा लाश भएर पठाएको रेमिट्यान्सले कहिलेसम्म सरकार पाल्ने ?

काठमाडाैं । नेपाली नागरिक दिनदिनै विदेशमा मरिररहेका छन् । नेपाली राजनीतिज्ञहरू भने सत्ताको लुछाचुँडीँमा रमाइरहेको देखिन्छ । देश...

ताजा समाचार

प्रचण्ड भन्छन्, मन्त्री पद माग्नेहरूको हुलले घेराबन्दीमा परें

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मन्त्री बन्न चाहनेका कारण स्वयं तनावमा रहेको बताएका छन् । उनले मन्त्री...

लागुऔषध चरेशसहित तीन पक्राउ

जनकपुर । सर्लाहीबाट लागुऔषध चरेशसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ११...

पिल्लरले थिच्दा आठ वर्षीय बालकको गयो ज्यान

इलाम । खेल्ने क्रममा सिमेन्टको पिल्लर (खम्बा) लडेर किच्दा इलाम नगरपालिकामा बालकको मृत्यु भएको छ। इलाम–१ नेपालटारका हर्कबहादुर गुरुङको घरमा खम्बाले किचेर आठ...