आपतकालमा मनलाग्दी भाडा असुल्दै व्यवसायी, प्रहरीलाई कारबाही गर्नै हम्मे

काठमाडौं ।  आपतकालमा मनलाग्दी भाडा असुल्ने व्यवसायी पक्राउ पर्न थालेका छन् । याेसँगै  प्रहरीलाई कारबाही गर्नै हम्मेहम्मे हुन थालेकाे छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा निषेध आदेश घोषणापछि परिचालन गरेको ठगीविरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानहरुमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरिरहेको छ। ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरी हालसम्म ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको ईकालाेपाटी संवाददातालाई  जनाएकाे  छ ।

वैदेशिक रोजगारीबाट घर फर्किने र जरुरी कामको सिलसिलामा उपत्यकाबाहिर जाने यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने गरेको र त्यस्तो कार्यमा काउण्टरका कर्मचारीको समेत संलग्नता पाएपछि पक्राउ गरेको महाशाखाले जनाएको छ। निषेध आदेश घोषणापछि गोंगबु बसपार्क, कलंकी, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ स्टाफलाई पक्राउ गर्दै आएकोछ । तोकिएको भम्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।