कांग्रेसले सरकारको नेतृत्व लिन हात झिकेपछि, ओलीकै नेतृत्वमा नयाँ सरकार

काठमाण्डाैं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र नयाँ सरकार गठनका लागि बहुमत जुटाउन असफल भएका छन् । आज दिनभर दौडधुप गरे पनि कांग्रेस र माओवादीले नयाँ सरकारको चाहिने एक सय ३६ जना सांसदको बहुमत जुटाउन असफल बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आज राति नौ बजेसम्मको समय दिनुभएको थियो । तर कांग्रेस र माओवादीले बहुमत जुटाउन नसकेपछि अब कम्तीमा एक महिनाका लागि केपी शर्मा ओली नेतृत्वकै सरकार रहने भएको छ । गएको सोमवार संसदबाट विश्वासको मत पाउन नसकेपछि ओली सरकार अल्पमतमा परेको छ । कुनै पनि दलले बहुमत जुटाउन नसकेपछि ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री ओलीले फेरि शपथ लिनेछन् । कांग्रेस र माओवादीले अब एक महिनासम्म ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाउने छैनन् ।

नयाँ सरकार गठनका लागि कांग्रेस र माओवादीले २७ गतेदेखि लगातार प्रयास गरिरहेका थिए । जसपाभित्रको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षले साथ दिने र एमालेको पनि माधव नेपाल पक्षका सांसदको राजीनामा आउने आसमा कांग्रेस र माओवादी भर परेका थिए । तर जसपा कुनै पनि हालतमा सरकार निर्माणमा सहभागी नहुने भन्दै अध्यक्ष महन्थ महन्थ ठाकुरले बिहानै १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा लगेर राखेका थिए । सांसद अपहरणको झल्को आएको भन्दै कतिपयले ठाकुरको यो कामको आलोचना पनि गरेका छन् ।

ठाकुरको अडान र गतिविधिका कारण नयाँ सरकार गठनमा साथ दिने उपेन्द्र यादव र बाबुराम भट्टराईको धोको अधुरै रह्यो । यस्तै ओलीसँग वारपारको अवस्थामा रहेको एमालेकै माधव नेपाल पक्षका सांसदको राजीनामा आउने आशा पनि दिउँसो ओली र नेपालबीचको भेटका कारण टुट्यो । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच बूढानीलकण्ठको एक व्यवसायीकाे घरमा झण्डै साढे तीन घण्टा भएको भेटवार्तामा नेपाल पक्षका सांसदले तत्कालै राजीनामा नदिने सहमति भएको हो । भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा टरेको जानकारी दिए ।

छलफलमा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री ओली सकारात्मक रहेको नेता नेपालको भनाइ छ । यस्तै ओलीले गएको फागुन २८ गते नवौँ महाधिवेशनबाट आएको केन्द्रीय कमिटी र स्थायी कमिटी विघटनको निर्णय फिर्ता र नेताहरूको जिम्मेवारी हेरफेर गरेको विषयमा पनि छलफल गर्न ओली तयार भएको नेता नेपालको भनाइ छ । पार्टीका समस्या समाधानका लागि एक कार्यदल बनाउन पनि सहमति भएको नेपाल नेपालले जानकारी दिए ।

बिहान बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरे पनि नेपाल पक्षले भने थप माग पूरा नहुञ्जेल साथ नदिन नसकिने बताइरहेको थियो । नेपाल पक्षको राजीनामा नआउने पक्का भएसँगै नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने निर्णय गर्‍याे ।  आज बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको नेता प्रकाशशरण महतले उज्यालोलाई जानकारी दिनुभयो । अब एक महिनाका लागि ओली नै प्रधानमन्त्री रहिरहने र त्यसपछि के गर्ने भन्ने कुरा पछि निर्णय हुने महतको भनाइ छ । यस्तै माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले पनि बहुमत नपुग्ने भएकाले नयाँ सरकारमा दाबी नगर्ने र ओलीलाई प्रधानमन्त्री स्वीकार्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...