अक्सिजनमै कालोबजारी ?

काठमाडाैं । यस्ताे महामारीकाे बेला अक्सिजनकाे व्यापारमा पनि कालाे बजारी भयाे भने के हाेला ? तर, भइरहेकाे छ त्यस्तै । सर्वसाधारण जनताले अक्सिजन नपाएर मर्न परे पनि माेटाे रकम तिर्न सक्ने हाे भने सजिलै अक्सिजन पाउन सकिन्छ ।  प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ। त्यस आधारमा बढीमा ४ सय ८० रुपैयाँमा बेच्नुपर्ने हो।  तर, नेपालगञ्जको जयेश ट्रेडिङ कन्सर्नले भेरी अस्पताललाई लामो समयदेखि ९ सय १५ रुपैयाँमा बेच्दै आइरहेको छ। यो महामारीमा प्राणवायु अक्सिजनकै कालोबजारी गरेर उसले सय प्रतिशतभन्दा बढी मुनाफा कमाइरहेको छ।

 

राज्य भने यसमा माैन छ । यसकाे हल गर्ने दायित्व राज्यका सबै अंगकाे काम भए पनि राज्यका सबै अंगहरू याे टुलुटुलु हेरेर लाचार बनिरहेका छन् ।

जयेशका सञ्चालक राजीव तेलंगाका अनुसार उक्त कम्पनीले नेपालगन्ज परसपुरस्थित एचओ अक्सिजन ग्यासबाट प्रतिसिलिन्डर ४ सयमा खरिद गर्छ। त्यही अक्सिजन भेरी अस्पताललाई ९ सय १५ रुपैयाँमा बेच्ने गरेको तेलंगाले खुलस्त बताए।  तेलंगाका अनुसार उक्त ट्रेडिङले सानो सिलिन्डर २ सय ५० रुपैयाँमा किन्छ। त्यसलाई उक्त अस्पताललाई ५ सय १५ मा बेच्छ। दुवै आकारका सिलिन्डरमा दोब्बरभन्दा बढी मूल्य लिने गरेको छ। अन्नपूर्ण पाेष्टमा खबर छ ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...