संसदीय प्रक्रियाबाटै बजेट ल्याइन्छ : प्रधानमन्त्री

काठमाडौं। देशमा राजनीति प्रतिकुल अवस्थाबाट गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय प्रक्रियाबाटै बजेट आउने बताएका छन्। आइतबार सिंहदरबारमा बसेको पार्टीको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले संसद् जिउँदै रहेकोले संसदीय प्रक्रियाबाटै बजेट ल्याइने बताएका हुन्। सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चा चलिरहेको बेला प्रधानमन्त्री ओलीले भने संसदीय प्रक्रियाबाट नै बजेट आउने स्पस्ट पारेका हुन्। हरेक वर्षको १५ जेठमा नयाँ आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नैपर्ने संवैधानिक दायित्व छ। त्यसभन्दा अगाडि नै सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि बजेटको सिद्धान्त र प्राथमिकता तथा नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नुपर्ने हुन्छ। र त्यो संसद्बाट बहुमतले पारित भएपछि बजेटको प्रक्रिया थालिन्छ।

तर, अहिलेसम्म संसद्को बजेट अधिवेशन भनेर चिनिने वर्षे अधिवेशन कहिले डाकिने हो भन्ने निश्चित छैन। कानुन अनुसार, संसद्मा बजेट प्रस्तुतिको १५ दिनअगाडि नै पूर्व बजेट छलफल शुरू हुनुपर्छ। गत वर्ष २६ वैशाखदेखि शुरू भएको संसद्को बजेट अधिवेशनमा २८ वैशाखमा चालू आर्थिक वर्ष २०७७÷७८ का लागि बजेटको सिद्धान्त र प्राथमिकता तथा २ जेठमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरिएका थिए।

 

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...