गाँजा ओसारपसारमा संलग्न ट्रकसहित तीनजना पक्राउ

काठमाडाैं ।  हेटौँडाबाट प्रहरीले लागुऔषध गाँजा ओसारपसारको कारोबारमा संलग्न एउटा ट्रकसहित तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ट्रक चालक जिल्ला काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–५ बस्ने ४९ वर्षीय आइतेबहादुर ठाडामगर, मकवानपुर भीमफेदी गाउँपालीका–९ बस्ने ४१ वर्षीय ऐक्ला भन्ने राजकुमार तामाङ र मकवानपुर कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय सविन भन्ने सुबिन रुम्बा रहेका छन् ।

ना२ख ९८६२ नंको ट्रकको क्याभिनको भागको हुटमा फल्स बटम बनाई लुकाईछिपाई ल्याएको राखिएको १७ वटा पोकामा राखिएको करीब एक क्विन्टल लागुऔषध गाँजा सोमबार प्रहरीले पक्राउ गरेको थियो । सो क्रममा पक्राउ परेका ट्रक चालक ठाडामगरलाई गरिएको अनुसन्धानपश्चात् सो कारोबारमा संलग्न अन्य दुईसमेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला मकवानपुर हेटौँडा उपमहानगरपालिका–१ त्रिभुवन राजपथस्थित सडक खण्डमा नामटार तर्फबाट हेटौँडातर्फ आउँदै गरेको उक्त ट्रकलाई रोकी चेकजाँच गर्दा उक्त ट्रकमा लुकाई राखिएको अवस्थामा प्रहरीले गाँजा बरामद गरिएको थियो ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।