कोरोना उपचार र नियन्त्रणमा सरकार गम्भीर बनोस् : कांग्रेस

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले   बिहीबार सभापति शेरबहादुर देउवाका नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्नका लागि ध्यानाकर्षण गराउने भएको छ। कोरोना उपचार र नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले यस्ताे निर्णय गरेको हो ।  कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शैय्या सहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ।  कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा सरकारलाई गम्भीर बन्न आग्रह गर्दै संक्रमितको उपचारमा राज्यको सम्पूर्ण शक्ति र निकायलाई परिचालन गर्न माग गरेको हो। बैठकले मुलुकभरका अस्पतालमा आवश्यक मात्रामा शैय्या, अक्सिजन, सघन उपचार कक्ष शय्या र भेन्टिलेटरको व्यवस्थापन गर्न तथा सबैलाई तत्काल कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए। कांग्रेसले कोरोनाको उपचारमा नेपाललाई आवश्यक स्वास्थ्य सामग्री तथा कोरोनाविरुद्धको खोप सहयोग गर्ने विदेश, अन्तरराष्ट्रिय संघसंस्था र सहयोगीलाई  धन्यवाद दिँदै थप सहयोगका लागि आह्वान गरेको छ।

साथै बैठकले कोरोना उपचार र नियन्त्रणको व्यवस्थापनमा स्थानीय तहले गरेको कामको सराहना गर्दै प्रदेश र संघीय सरकारलाई स्थानीय तहलाई थप अनुदानकोे व्यवस्था गर्न माग गरेको खाणले बताए।  बैठकले कोरोनाको उपचार र नियन्त्रण तथा व्यवस्थापनका क्रममा अग्रपङ्क्तिमा रहेर चिकित्सक, स्वास्थ्यकर्मी, नर्स, सरसफाइकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा धन्यवाद दिँदै उच्च मनोबल बढाउनका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेसले कोरोना रोकथामका लागि लागु गरिएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदूर, रोजगारी गुमाएका व्यक्ति र मारमा परेका व्यवसायीलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक खाणले जानकारी दिए। बैठकले बिहीबार हुने राष्ट्रियसभाको उपनिर्वाचनका पूर्वसन्ध्यामा प्रधानमन्त्रीले वक्तव्य सार्वजनिक गर्दै मत मागेकोप्रति भने कांग्रेसले आपत्ति जनाएको छ।  कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारवाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। अन्नपूर्ण पाेष्टमा खबर छ ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...