गैंडा तस्करलाई छाडेन प्रहरीले

भरतपुर । गैंडा तस्करीको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ।  पक्राउ पर्नेमा चितनवको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालि)का बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो ।

प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको इकालाेपाटी संवाददाताले बताएका छन् । उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैंडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो । उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो । उनलाई गैंडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले इकालाेपाटीलाई  जानकारी दिए। उनका अनुसार चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...