ओलीको दाबी वैधानिक दाबी भन्ने पक्षमा पनि चार रिट

काठमाडाैं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरुद्धको १९ रिटको बिहीबार र ११ रिटको पेसी शुक्रबारका लागि तोकेको छ । सर्वोच्च सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा ११ वटा संवैधानिक इजलासका लागि र १९ साधारण इजलासमा रिट परेको छ । ११ रिटको शुक्रबार संवैधानिक इजलासमा पेसी तोकिएको छ । भोलि बिहीबार १९ रिटको एकल इजलासमा सुनुवाइ हुनेछ । सर्वोच्च एकल इजलासले व्याख्या गर्न आवश्यक देखेमा संवैधानिक इजलासमा पठाउन सक्नेछ । सर्वोच्चमा परेका रिटमध्ये संसद् पुनस्र्थापना गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै २६ र राष्ट्रपतिको कदम सदर गर्नुपर्ने मागका चार निवेदन छन् ।

चार निवेदनमा ओलीलाई नै प्रधानमन्त्री तोकेर चुनाव जाने निर्णयलाई वैधानिकता दिनुपर्ने माग गरिएको छ । केपी शर्मा ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै कानुन व्यवसायीले सर्वोच्च अदालतमा रिट दिएका हुन् । अधिवक्ता राजाराम घिमिरेसहितका चार कानुन व्यवसायी छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन् । उनीहरूले धारा ७६ (५) को प्रधानमन्त्रीमा दलीय प्रतिनिधित्वका आधारमा समर्थन गर्न सकिने भन्दै ओलीको दाबी वैधानिक भएको दाबी गरेका छन् ।

विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासहित १ सय ४६ निवर्तमान सांसदले दर्ता गरेको रिटमा प्रतिनिधिसभा सदस्यमध्येका देउवालाई नेपालको संविधानको धारा ७६ ९५० अन्तर्गत प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा राष्ट्रपतिद्वारा दुवैको दाबी नपुग्ने भनी प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेकोलाई असंवैधानिक र गैरकानुनी घोषित गर्न माग गरिएको छ । साथै, उत्प्रेषण आदेश माग गर्दै निवेदकले प्रतिनिधि सभा पुनस्र्थापना गरी देउवालाई प्रधानमन्त्री बनाउन माग गरेका छन् । राजधानी दैनिकबाट

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...