बलवान् बन्दै प्रतिपक्षी

काठमाडाैं । नेपाली कांग्रेससहित विपक्षी गठबन्धन बलवान् बन्दै गएका छन् । विपक्षी गठबन्धनका नेताहरू  प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता गराएको मुद्दाका सन्दर्भमा अवलम्बन गर्ने रणनीति बनाउन छलफलमा जुटेका छन्। प्रतिनिधिसभाका १ सय ४६ सदस्यले विघटित प्रतिनिधिसभा पुर्नस्थापना तथा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग राखी सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। त्यसको भोलिपल्ट मंगलबार विपक्षी गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन्। उनीहरूले सर्वोच्च अदालतमा कसरी प्रस्तुत हुने भनेर कानुनविद्सँग छलफल गर्ने भएका छन्। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहितका नेताबीच छलफल भएको थियो।

संसदीय प्रणालीअनुसारका प्रस्ताव अस्वीकृत हुँदै जाँदा संविधान र व्यवस्थामाथि नै खतरा बढेकाले तिनको रक्षाका लागि न्यायिक लडाइँ कसरी अझ व्यवस्थित गर्ने भन्ने विषयमा छलफल भएको कांग्रेस नेता रमेश लेखकले बताए।प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस र त्यसलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय संविधानविपरीत भएको दाबीसहित १ सय ४६ जना सांसद सोमबार सर्वोच्च अदालत पुगेका थिए। पार्टी सभापति देउवाको नेतृत्वमा अदालत गएको कांग्रेसले आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न बुधबार बिहान पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएको छ। नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...