उपेन्द्र कित्ताका पाँच सांसद मन्त्री खान पाइन्छकी भन्दै महन्थ कित्तामा

काठमाडाैं । सरकारमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका केही सांसद तथा नेता महन्थ ठाकुर–राजेन्द्र महतो पक्षमा पुगेका छन्। ५ सांसद ठाकुर पक्षमा पुगेपछि सोमबार उपेन्द्र यादव पक्षका १२ जना सांसदले मात्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै हस्ताक्षर गरेका थिए। पाँच सांसदले कित्ता परिवर्तन गर्नुको प्रमुख कारण सरकारमा जाने लोभलाई मानिएको छ।यसरी कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुग्ने सांसदमा उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रुही नाथ, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङ छन्। ठाकुर पक्ष सरकारमा जाने निश्चित भएपछि उनीहरूले कित्ता परिवर्तन गरेको स्रोतको भनाइ छ। गत वैशाखमा ठाकुर–महतो पक्षले भक्तपुरको डोेलेश्वरमा गरेको बैठकमा जसपाका २० जना सांसद उपस्थित भएको दाबी गरेका थिए।

त्यस बैठकमा उपेन्द्र यादव पक्षका कुनकुन सांसद सहभागी थिए भन्ने खुलेको थिएन। स्रोत भन्छ, ‘डोलेश्वर बैठकमा यादव पक्षका श्रीवास्तव र अरगरिया खुलेर आएका थिए। अरू ३ सांसदले आउने आश्वासन दिएका थिए तर त्यस बेला नाम खुलाउन चाहेका थिएनन्। अहिले खुलेरै कित्ता परिवर्तन गरेका छन्।’ यादव पक्षका ५ सांसदले कित्ता परिवर्तन गरेपछि महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णयमा जसपाका २० सांसदको हस्ताक्षर रहेको स्रोतको भनाइ छ। संसदीय दलमा ठाकुर–महतो पक्ष बहुमतमा रहे पनि कार्यकारिणी समितिमा आफूहरू बहुमतमा रहेको यादव पक्षका नेताहरूको दाबी छ। जेठ ८ र ९ गतेको कार्यकारिणी समिति बैठकमा बहुमत सदस्य उपस्थित रहेको यादव पक्षले जनाएको छ। यसैबीच, जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमा जाने निर्णय गरेको छ। जसपा स्रोतका अनुसार सरकारमा सहभागी हुन ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारीसमेत गराएका छन्।

जसपाले राखेका माग पूरा गरेको भन्दै उनीहरू सरकारमा जान लागेका हुन्। सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने तथा संविधान संशोधनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ। जसपाले सरकारसँग ५ वटा माग राखेको थियो। अब सरकारले पूरा गर्न बाँकी २ माग छन्। रेशम चौधरीको रिहाइ र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग सरकारले पूरा गरेको छैन। यी माग पनि तत्काल पूरा गर्ने आश्वासन ओलीले दिएको जसपाका नेताहरूले जनाएका छन्। ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले आफूहरू सरकारमा जाने सम्भावना बढेको बताए। ‘हाम्रा माग मुद्दा सम्बोधन भएमा सरकारमा जान्छौं भन्दै आएका छौं। माग मुद्दा सम्बोधन हुने क्रममा छन्’, भण्डारीले भने, ‘त्यसैले सरकारमा जाने सम्भावना बढेको छ।’ नागरिक दैनिकमा खबर छ ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...