काठमाडाैंमा पुनः बर्डफ्लू

काठमाडौं । काठमाडौंमा फेरि पनि बर्डफ्लू भेटिएको छ । पशु सेवा विभागका अनुसार कीर्तिपुर नगरपालिकाको वडा नम्बर–४ र ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर–२ का कृषकले पालेका कुखुरा, हाँस र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको हो ।  बर्डफ्लूको संक्रमण पुष्टि भएपछि यसको नियन्त्रण तथा रोकथामका लागि संघ, प्रदेश र स्थानीय तहका पशुसँग सम्बन्धित निकाय परिचालन गरिएको छ । बर्डफ्लू  भेटिएका क्षेत्रका पन्छीहरू नष्ट गरिएको पनि कृषि मन्त्रालयको पशु सेवा विभागले जनाएको हाे ।

सो क्षेत्रका कृषकले पालेका ५ सय ३५ टर्की, ४ सय ९२ स्थानीय कुखुरा, ७६ बट्टाई, २० वटा हाँस, १ सय ७८ वटा अण्डा र ९ सय केजी दाना नष्ट गरिएको विभागका सूचना अधिकारी ढकालले जानकारी दिए।  अस्वभाविक रुपमा टर्की मरेको सूचनापछि विभागले नमूना संकलन गरेर त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गत सोमबार पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लूको संक्रमण पुष्टि भएको हो । यसअघि काठमाडौंको तारकेश्वर, ललितपुरको नख्खु, सुर्खेत, जाजरकोट लगायत क्षेत्रमा पालिएका कृषकले लोकल कुखुरा र टर्कीमा बर्डफ्लूको संक्रमण देखिएको थियो ।

 

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...