यसरी लिन सकिन्छ कक्षा १० र १२ को परीक्षा

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण स्थगित कक्षा १० र १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई विभिन्न सुझावसहित ३ विकल्प सिफारिस गरेको छ । बोर्ड बैठकले तत्काल संक्रमण सामान्य नहुने ठहरसहित वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालनमा जोड दिएको छ ।  परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘विभिन्न विकल्प दिएका छौं, मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर निर्णय गरेपछि त्यसैअनुसार परीक्षा हुन्छ,’ उनले भने । सामान्य अवस्था भए परम्परागत विधिबाटै परीक्षा सञ्चालन गर्न उपयुक्त हुने बोर्डले जनाएको छ तर तत्काल सामान्य अवस्था हुने सम्भावना कम छ ।

यस्तो परिस्थितिमा वैकल्पिक विधिबाटै कार्यविधि बनाएर परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको अर्यालले जानकारी दिए । क्रमिक रूपमा संक्रमण घट्दै गए होम सेन्टरमा लिखितसहित आंशिक रूपमा वैकल्पिक परीक्षा सञ्चालन गरेर पनि मूल्यांकन गर्न सकिने बोर्डले जनाएको छ । कक्षा १० को परीक्षा गत वर्षको जस्तै आन्तरिक मूल्यांकनका आधारमा पनि सञ्चालन गर्न सकिने बोर्ड सदस्यहरूको जोड थियो । त्यसका लागि गत वर्षको कमीकमजोरीमा सुधार गर्नुपर्ने उनले बताए । गत वर्ष आन्तरिक मूल्यांकनमा शिक्षकले जथाभावी नम्बर दिँदा उच्च जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या अस्वाभाविक रूपमा बढेको थियो ।

तेस्रो विकल्पमा संक्रमण अहिलेभन्दा अझै बढे र परिस्थिति झनै प्रतिकूल भए पूर्ण वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सकिने सिफारिस गरिएको छ । उक्त सिफारिसलाई मन्त्रालयले आन्तरिक छलफलमा लैजाने र मन्त्रिपरिषद्बाट स्वीकृत गराएपछि परीक्षा विधि तय हुने बोर्डले जनाएको छ । ३ विकल्पमा पनि परीक्षा सञ्चालनका धेरै विधिहरू सुझावसहित प्रस्ताव गरिएको छ । परीक्षा सञ्चालनको विधि चयन गर्न बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले बिहीबार बोर्डलाई सुझावहरू बुझाएपछि बोर्ड बैठक डाकेर आइतबार मन्त्रालयमा सिफारिस गरिएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...