राष्ट्रपतिद्वारा खोपका लागि वैदेशिक समकक्षीसँग हारगुहार

काठमाडाैं । राष्ट्रपति भण्डारीले अमेरिकाका राष्ट्रपति जोन बाइडेन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, भारतका राष्ट्रपति रामनाथ कोविन्द र चीनका राष्ट्रपति सी चिनफिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी हुन् । गत शुक्रबार रुसका समकक्षी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पत्र पठाउँदै राष्ट्रपति भण्डारीले रुसले उत्पादन गरेको स्पुतनिक–५ खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।यसैगरी, गत बिहीबार अमेरिकी राष्ट्रपति जोन बाइडेनलाई समेत राष्ट्रपति भण्डारीले अमेरिकी विदेश मन्त्रालयमार्फत खोप सहयोगका लागि पत्र पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिए । परराष्ट्र मन्त्रालयमार्फत पठाइएको पत्रमा नेपाल महामारीको संकटमा रहेको र जनताको जीवन रक्षाका लागि खोप अनिवार्य विकल्प भएको भन्दै खोप सहयोगका लागि अनुरोध गरिएको ढकालले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले पठाएको पत्रलाई सोमबार अमेरिकाको विदेश मन्त्रालयले राष्ट्रपति बाइडेनसमक्ष पेस गर्ने जानकारी अमेरिकी विदेश मन्त्रालयले राष्ट्रपति कार्यालयलाई गराएको छ । साथै विदेश मन्त्रालयले नेपालले भोगिरहेको कोरोनाको समस्याका विषयमा अमेरिका जानकार रहेको र आवश्यक सहयोगका लागि सकरात्मक रहेको सन्देशसमेत दिएको छ । राष्ट्रपति भण्डारीले गत बुधबार दिउँसो उत्तरी छिमेकी मुलुक चीनका समकक्षी सी चिनफिङसँग नेपाललाई आवश्यक कोरोना भाइरसविरुद्धको खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गर्दै टेलिफोन गरेकी थिइन् । राजधानी दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...