यसकारण भएको थियो दरबार हत्याकाण्ड

– राजन कार्की
२००५ मा राजाका निकट उद्यमी जुद्धबहादुर श्रेष्ठले दिएको ३ सय भारुले कलकत्तामा ‘छापिएको कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद त्यही साल चैत २३ गते पुष्पलालको कोठामा लगेपछि नेपालमा ल्याएर वितरण गरियो । त्यो कम्युनिष्टको हालत उत्तर, दक्षिण र पश्चिमका गुट गुटमा यतिबेला महानगरको फोहरको कन्टेनर छरिएजसरी छरिएको छ । ‘प्रजातन्त्र बिना राजतन्त्र अट्दैन, राजा नभए देश पनि बाँच्दैन । राजतन्त्रलाई फाल्ने उद्योग हामीले गर्नु हुँदैन ।’ बीपी कोइरालाले मर्नुअघि २०३९ सालमा दिएको सन्देश थियो यो । त्यही कांग्रेसका सभापति गिरिजाप्रसाद प्रधानमन्त्री भएका बेला दरवार हत्याकाण्ड भयो, हत्याकाण्डको ग्य्राण्ड डिजाइन मलाई थाहा छ भन्थे, गिरिजाप्रसाद माओवादीका पुच्छर बने र बिते । त्यही कांग्रेसका कूलबहादुर गुरुङ राजा फाल्ने सभाध्यक्ष बने, त्यही कांग्रेसका सभापति छन् शेरबहादुर देउवा, आफूलाई बीपीका सच्चा अनुयायी भन्छन् । उनी त्यस्तो कम्युनिष्ट र आफैंले टाउकाको मूल्य तोकेको माओवादी अतिवाद च्यापेर राजनीतिक तमासा देखाइरहेका छन् । मधेशवादी र अन्य दलहरू सत्ता राजनीतिका व्यापारी हुन्, उनीहरूको काम च्याँखे थाप्नु र सत्तालाई उखुजसरी चुस्नुमात्र हो । यी सबैको प्रतिफल दरवार हत्याकाण्ड हुनपुग्यो, राजतन्त्र सकियो ।

२०५८ साल जेठ १९ गते ५ हजार सेनाको सुरक्षा घेरामा रहेका राजा वीरेन्द्रको वंशै बिनास गरियो । यसको जिम्मा न सरकारले लियो, न सेनाले । तत्कालीन प्रधानसेनापति प्रज्ज्वल शमशेर जबराले त सेनाको जिम्मेवारी होइन भनेर हत्याकाण्डवालालाई सघाउ नै पु¥याइदिए । यो हत्याकाण्ड र यसका मतियारहरूबारेको रहस्य अहिले पनि रहस्य नै छ । स्मरणीय के छ भने ०३६ सालमा राजा फाल्न खोज्दा राजाले जनमत संग्रह गराएर जनताको मन जिते । ०४६ सालमा आन्दोलन चर्किरहेका बेलामा दूत पठाएर नेपालको रक्षा, परराष्ट्र र जलस्रोतमा भारतको सुझावलाई प्राथमिकता दिने हो भने आन्दोलन रोकिदिने भन्ने प्रस्ताव पठायो । राजाले जनतासँग झुक्ने निर्णय गरेर बहुदल घोषणा गरिदिए । यसबाट भारत झन रिसायो । त्यसपछि भारतीयलाई सहज नागरिकता दिने प्रस्ताव संसदबाटै पठाउन लगायो, राजाले मानेनन्, अदालत पठाइदिए र खारेज भयो । कुनै उपाय नलागेपछि भारत राजतन्त्रविरुद्ध ठूलै षडयन्त्रमा सामेल भएको आशंका भइरहेको अवस्थामा २०५८ जेठ १९ गते दरवार हत्याकाण्डको घटना घट्यो । यसबारेमा चीनका प्राध्यापक वाङ चुङले ‘नेपालको राष्ट्रिय सुरक्षात्मक रणनीति तथा नेपाल–चीन सम्बन्ध’ पुस्तकमा लेखेका छन्– दरवार हत्याकाण्डमा भारतकै हात रहेको हुनसक्छ । देश र देशवासी लागि राजा सधैं तत्पर रहे । राजा आफै मारिँदा र राजतन्त्र फालिँदा राजाका कोही भएनन् । दरबार हत्याकाण्डको मुख्य कारण नागरिकता नै हो । बहुदलको घोषणा राजा वीरेन्द्रको चिहान साबित हुन पुग्यो ।

२०२८ सालमा झापामा १४ जना मान्छे काट्ने ओली प्रधानमन्त्री छन् । जनयुद्धमा १७ हजार मारिएकोमा ०७६ साल माघे संक्रान्तिका दिन थारुहरूको माघीसभामा बोल्दै प्रचण्डले भनेका थिए– द्वन्द्वकालमा भएका ५ हजार हत्याको जिम्मा म लिन्छु । ती प्रचण्ड २ पल्ट प्रधानमन्त्री बने, धेरैपल्ट सरकार बनाउने किङ्पिन बने । पीडितहरु ट्वाँ परेर आँसु झारिरहेका छन्, पिडकहरु राज्यसत्ता भोगिरहेका छन् ।

हत्याकाण्ड १४ वर्ष अघिको संकेत

२०४४ सालमा पशुपतिका मूल भट्ट पद्मनाभ अडिगाले पशुपतिनाथको मन्दिरमा रुद्राभिषेक, रुद्रामहायज्ञ लगाउने र यसमा लाग्ने खर्च आपैंm बेहोर्ने व्यहोराका साथ यो महायज्ञको संकल्प लिन राजा वीरेन्द्रलाई बिन्ती–जाहेरी लेखेका थिए । संकल्पका दिन राजा वीरेन्द्र गएनन्, रानी ऐश्वर्य संकल्प गर्न पुगिन् । महायज्ञ रोकिने कुरा थिएन, भयो । तर, यहायज्ञ सकिएपछि मूल भट्टले त्यतिबेलाका भारदारहरूलाई भनेछन्– राजाबाट लिनुपर्ने सङ्कल्प रानीबाट लिइयो । अव दरवारको शक्ति आधा हुन्छ, क्षीण हुँदै जान्छ । आउने दिन दरबारका लागि अकल्पनीय खड्गो आउने छ, जुन टार्न मुस्किलै हुनेछ । यो कुरा दरबारबाट कुनै गल्तीमा दण्ड पाएर निकालिएका सानुभाइ डङ्गोलले लेखेको ‘द प्यालेस इन नेपालिज पोलिटिक्स’ मा उल्लेख छ । दरबारबाट निस्केपछि सानोभाइ डङ्गोलले कहिल्यै दरबारको भलो चिताएर बोलेको सुनिएन ।

यो पनि बिधिकै लेखोट हो कि २०४६ साल आयो, दरवारको शक्ति आधा घट्यो, २०५८ साल आयो वीरेन्द्रको वंश विनाश भयो, २०६३ साल आयो, राजा नतमस्तक हुनुप¥यो, २०६५ जेठ १५ गते आयो, राजतन्त्रको इतिहासमा पूर्णविराम लाग्यो । नेपालमा परिवर्तनका अनेक घटनाचक्र चले, नेतृत्वमा नैतिक सुधारको कुनै लक्ष्यण देखिएन । नेपाल तासको पत्ता जसरी छरिदै र सकिदै जाँदो छ । बहुदल घोषणापछि राजा वीरेन्द्रले संविधान मस्यौदा आयोग गठन गरिबक्स्यो । अध्यक्ष बने विश्वनाथ उपाध्याय । विश्वनाथ उपाध्याय । अन्य सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट दमननाथ ढुंगाना, लक्ष्मण अर्याल, मुकुन्द रेग्मी तथा कम्युनिष्ट पक्षबाट निर्मल लामा, माधवकुमार नेपाल र भरतमोहन अधिकारी पर्नुभो । राजाका तर्फबाट रमानन्दप्रसाद सिंह, अच्युतराज राजभण्डारी र प्रद्युम्नलाल राजभण्डारी र सदस्य सचिवमा सूर्यनाथ उपाध्यायलाई तोकियो । २०४७ सालको संविधान जारी भयो । सबैले उत्कृष्ठ भने । यसो भन्नेहरुले नै यो संविधानलाई २०६३ सालमा च्याते, २०७२ सालमा नयाँ संविधान जारी गरे । यो नयाँ संविधान दुर्घटनाग्रस्त भएको दृश्य यतिबेला सडक र सर्वोच्च अदालतमा देखिँदैछ ।

हत्याकाण्डको प्रमुख कारण 
नेपालको परराष्ट्र, जलस्रोत र सुरक्षा भारतको जिम्मा लगाउन नमान्नु र भारतीयलाई सहज रुपमा नेपाली नागरिक दिने नागरिकता विधेयक संसदमै फिर्ता पठाउनु दरबार हत्याकाण्डको प्रमुख कारण थियो । राजनीतिक दलहरूसँग भित्री चाँजोपाँजो मिलाएर दिल्लीको दबाबमा नागरिकता विधेयक आर्थिक विधेयकका नाममा संसदमा पेश गरियो । पास पनि भयो । यही विधेयक लालमोहरका लागि दरवार पठाउँदा राजाले सर्वोच्च अदालतको राय माग्दा कानुन बन्न सकेन, जसका कारण भारत राजासँग निकै रिसाएको थियो । नेकपाका नेता साध्यबहादुर भण्डारीहरूले भारतले फिजीकरण गराउन लाग्यो भनेर ठूलै आन्दोलन छेडेका थिए । भारतीय माफिया डन बब्लु श्रीवास्तवले ‘अधूरा ख्वाव’ भन्ने आत्मवृतान्तमा लेखेका छन्– जुन मुलुकमा ५० लाख, १ करोड खर्च गरेर सांसद बन्न सकिन्छ, त्यति पैसा खर्च गरेकै भरमा सिधै प्रधानमन्त्रीसँग उठबस गर्न सकिन्छ, त्यस्तो देशमा के गर्न सकिन्न र ? नागरिकता त मिनेटमै पाउन सकिन्छ । बब्लुले ०४९ सालमा कपिलवस्तुबाट अरुण अग्रवालका नाममा नेपालका जन्मसिद्ध नागरिकता लिएका थिए ।

चीनका प्रधानमन्त्री फर्केको १६ दिनपछि
२०५८ जेठ ३ गते चीनका प्रधानमन्त्री झुरोङजी फर्केको १६ दिनपछि २०५८ जेठ १९ (जुन १, २००१) मा दरबार हत्याकाण्ड भएको छ । कतै गिरिजाप्रसादले भनेको दरबार हत्याकाण्डको ग्य्राण्ड डिजाइन मलाई थाहा छ भनेको राजा चीनतिर ढल्केकाले रअको हात छ भन्न खोजेको त होइन ? दरबार हत्याकाण्डपछि सम्भवतः आफूलाई अलग देखाउन भारतले तत्काल गणतन्त्रको वकालत गरेन । ज्ञानेन्द्र वीरविक्रम शाहलाई राजा बन्ने अवसर दियो । नेताहरूलाई डबल राखेर ढोग्न पनि लगायो । र, संवैधानिक संकट खडा गराएर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवामार्फत चाँदीको किस्तीमा राखेर सत्ता ज्ञानेन्द्रको बाहुलीमा टक्य्राउने वातावरण पनि मिलायो । आफंै बोक्सी, आफैं झाँक्रीको भारतीय रुप देखियो ।

राजा ज्ञानेन्द्रले कू गरेका थिएनन्, ७ वर्षपछि राजतन्त्रमाथि नै कू ?
राजा ज्ञानेन्द्रले कहिले भूल गर्छन् भनेर पर्खेर बसेको भारतले राजाका सहयोगीका रुपमा रहेका लाउके र कूटनीतिक ज्ञाता हुँ भन्ने परराष्ट्रमन्त्रीजस्ता उपरलाउकेहरू मार्फत उक्साएर सन् २००५ मा बंगलादेशमा आयोजित १३औं सार्क सम्मेलनमा राजा ज्ञानेन्द्रको मुखबाट चीनलाई पर्यवेक्षक राख्ने प्रस्ताव गर्न उक्सायो । त्यसपछि राजतन्त्र चीनतिर लहसिएको प्रचार तिनैले गरे, भारत रिसले आगो भयो । भारत फलाम तातोस् भन्ने जुन ताकमा थियो, अवसर पायो । भारतले जनयुद्ध नामका छद्म हिंसायुद्ध चलाइरहेका आफैंले पालेका माओवादीलाई समेत दिल्लीमा १२ बुँदे सम्झौता गराएर जनआन्दोलनमा उता¥यो । जनआन्दोलनलाई हिंसायुक्त बनाउन भारी लगानी गरेको थियो । भारत सरकारले कर्ण सिंहलाई सुलहका लागि पठायो र राजालाई दलीय शर्तमा निहुरीमुन्टी न हुन बाध्य पा¥यो । संसद पुनस्र्थापना गर्न बाध्य पारे । अन्ततः प्रजातान्त्रिक देखिने षडयन्त्रमार्फत राजतन्त्रकै हत्या गरिदियो । गणतन्त्र कार्यान्वयन गर्ने पहिलो सभामा सभाध्यक्ष थिए– कांग्रेसका कूलबहादुर गुरुङ । उनी आज पनि भनिरहेका छन्– मलाई बाध्य पारियो, म विवश थिएँ । त्यो वाध्य पार्ने शक्ति भारत र ईसाइबाहेक अरु को हुनसक्छ ?

राजतन्त्र सिध्याउने तानाबानाको लहरो
२००७ सालमा नेपाललाई भारतमा नमिलाएर भारतले हिमालय जत्रो भूल ग¥यो भनेर भारतीय मिलिट्री साइन्सका लेखकहरूले लेखेका छन् । उनीहरूको मत छ– छिटोभन्दा छिटो नेपाललाई भारतमा मिलाउनुपर्छ । त्यसपछि महेन्द्रको शासन्कालले त भारतको सातो नै लिइदिएको थियो । वीरेन्द्र कार्यकालमा त नेपालले भारतलाई बाइपास गरेर विश्व कूटनीतिमा छलाङ लगाउन थालिसकेको थियो । भारत राजतन्त्र ठेगान नलगाए नेपालमा आफ्नो पकड कमजोर बन्ने निष्कर्षमा पुगेपछि भारतीय नागपाशको जालोमा नेपाललाई पार्दै लगिएको थियो । ०५२ साल फागुन १ देखिकोे जनयुद्ध यस्तै एक जालको कडी हो । १७ हजारभन्दा बढी मारिए, तिनका परिवार छिन्नभिन्न पारिए, कति अन्ध अपाङ्ग भए । त्यो जनयुद्धकारी शक्तिलाई दिल्लीले १२ बुँदे सहमतिमा सात दलका तर्फबाट गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल, गोपालमान श्रेष्ठ, अमिक शेरचन, भरत विमल यादव, कृष्णदास श्रेष्ठ र प्रेम सुवाललाई सही गराएको थियो ।

समयले यिनलाई लेण्डुप शिद्ध गरिसक्यो, यिनीहरू आफूलाई राष्ट्रवादी हुँ भन्छन् । मलेसियाका अग्ला नेता महाथीर मोहम्मद, देशका लागि म चिहानबाट पनि उठेर आउँछु भन्दैछन् ।
७४ वर्षे सरदार भक्ति थापा खुकुरी लिएर अंग्रेजसँग वीरताका साथ लडे । ७४ वर्षका नेपाल निर्माताका सन्तान ज्ञानेन्द्र शाहका काँधमा देशको भार आइपुगेको छ । हेरौं दरबार हत्याकाण्डपछि निरन्तर अपमान सहेर आफ्नै माटोमा उभिएका ज्ञानेन्द्र शाहले देशप्रेम देखाइहाल्छन् कि ? अन्यथा नेताहरुले सिध्याउने भए ।

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...