स्वास्थ्य मन्त्रालले माग्यो अस्पतालसँग तथ्यांक

काठमाडाैं । सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा। तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो । ‘अस्पतालमा मृत्यु, भर्ना, परीक्षण गरेर कोरोना पोजेटिभ आए(नआएकाले खोप लगाएको वा नलगाएको रिपोर्ट माग गरेका छौं,’ डा। तारानाथ पोखरेलले बुधबार राजधानीसँग भने, ‘त्यसपछि विस्तृत विवरण थाहा होला ।’ उनले प्राप्त जानकारीको हवाला दिँदै खोप नलगाएकाको मृत्युदर अत्यधिक रहेको पनि उल्लेख गरे ।

विश्व स्वास्थ्य संगठनको अध्ययनले भने खोप लगाएकाको मृत्युदर कम रहेको देखाएको छ । खोप मात्रा पूरा गरेपश्चात् मृत्युदर कम देखिएको विभिन्न अध्ययनले समेत देखाएको छ । हाल, नेपालमा संक्रमणविरुद्ध कोभिडसिल्ड र भेरोसिल खोप प्रयोगमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोप नलगाएकामा संक्रमण र मृत्यु भएको संख्या बढी छ । यद्यपि, प्रभावकारिता सन्दर्भमा तथ्यांक एकीकृत हुने चरणमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म अनुमानित ४ लाख नागरिकले कोरोनाविरुद्ध खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् । खोपविज्ञ खोप लगाएकालाई गम्भीर प्रकृतिको असर नदेखिने बताउँछन् ।

यसैगरी, सरकारले चीनबाट ल्याएको कोभिडविरुद्धको भेरोसिल खोप आगामी २५ जेठबाट लगाउन सुरु गर्ने तयारी थालेको छ । मन्त्रालयका अनुसार यसपटक सो खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई दिइनेछ । यसअघि, भेरोसिल खोप १८ देखि ५९ वर्ष उमेर समूहकालाई लगाइएको थियो । यसैबीच, बुधबार देशभर ५ हजार ३ सय १६ कोरोना संक्रमित भएका छन् । राजधानी दैनिकबाट ।
+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।