ढुंगा गिट्टीको कारोबार र सरकार

काठमाडाैं । सरकारले ढुंगागिट्टी र क्रसर उद्योग सञ्चालन गर्न दिने नीति यस वर्षको बजेटमा उल्लेख गर्नुअघि नै दुई महिनायता रौतहटस्थित वाग्मती नदीमा अवैध रूपमा क्रसर उद्योग सञ्चालन भइरहेको र सामाजिक सञ्जालमा विरोध हुन थालेपछि सञ्चालित आठवटा एक्जाभेटरलाई जिल्ला प्रशासनले नियन्त्रणमा लिएको छ। गढीमाई नगरपालिकाअन्तर्गत पर्ने यस क्षेत्रमा स्थानीयको गुनासो क्रसर सञ्चालकले नसुनेपछि उनीहरूविरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध हुन थालेको र स्थानीय पत्रकारहरूको समूह नै क्रसर सञ्चालन स्थलमा पुगेपछि स्थानीय प्रशासनले आठवटा एक्जाभेटर र सात चालकलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले वाग्मती नदीमा अवैध उत्खनन भइरहेको जानकारी आउनासाथ प्रहरी परिचालन गरिएको र आठवटा एक्जाभेटरका साथै सात चालकलाई नियन्त्रणमा लिएको बताए। अवैध गिटी उत्खनन तथा भण्डारणको विषयमा थप अनुसन्धान गरिने एसपी शाहको भनाइ छ।

सामान्यतः कुनै पनि नदीको ढुंगा, गिट्टी र बालुवा निकाल्दा कति निकाल्ने, कहाँको निकाल्ने भनी इस्टिमेट गरिन्छ तर वाग्मतीमा भने तटबन्धको छेउदेखि पानीको धारसम्म जथाभावी अवैध तरिकाले उत्खनन भइरहेको नागरिककर्मीको स्थलगत भ्रमणमा देखिएको छ। तटबन्धको भित्रपट्टि निजी खेत रहेका केही किसानले उत्खननका कारण आफ्नो बाली र खेतमा समेत उत्खननकर्ताले जबरजस्ती बालुवा, गिट्टी राखेको र हटाउन आग्रह गर्दा धम्की दिने गरेको दुःखेसो पोखे। एकातिर खोलाको अवैध दोहनले बस्ती जोखिममा छ भने अर्कोतर्फ आफ्नो निजी खेतमा पनि क्रसरवालाको दादागिरी बेहोर्नुपरेको उनीहरूले बताएका छन्। गत मंसिरदेखि नै दर्जनौं एक्जाभेटरले नियमित तथा अनियमित रूपमा गिट्टी र ढुंगा झिक्दै गरेको र निषेधाज्ञाको समयमा यो क्रम तीव्र रूपमा बढेको गढीमाई नगरपालिका–१ टोकारका बिलटु राय यादवले बताए। गढीमाई नगरपालिकाले समयमा बालुवा, गिट्टी तथा ढुंगाको ठेक्का गराउन नसकेपछि प्रिन्स कन्स्ट्रक्सनसित अमानतमा वाग्मती नदीमा उत्खनन गर्ने सम्झौता गरेको थियो।

प्रतिमहिना ३० लाख रूपैयाँ नगरपालिकाको खातामा बुझाउनुपर्ने थियो तर गत मंसिरदेखि वाग्मती नदीको ढुंगा, गिट्टी र बालुवा उत्खनन गरिरहेको कन्स्ट्रक्सनले अहिलेसम्म एक महिनाको अमानतबापतको ३० लाख रूपैयाँ मात्र नगरपालिकालाई बुझाएको छ। नगरपालिकाका पदाधिकारीको मिलेमतोमा ढुंगा र गिट्टी झिक्न नसकिएको तथा निषेधाज्ञाका कारण समस्या भएको बताउने र नगरपालिकालाई तिर्नुपर्ने सम्पूर्ण रकम माफ गराउने दाउमा कन्स्ट्रक्सन रहेको स्थानीयको आशंका छ।   टोकारका स्थानीय उमेश राय यादवले वडाध्यक्ष राम विनय राय यादवको संलग्नतामा वाग्मती खोलामा व्यापक दोहन भइरहेको आरोप लगाएका छन्। वडाध्यक्ष यादवले आफ्नो एक्जाभेटर नै लगाएर गिट्टी र ढुंगा झिक्ने गरेको आरोप रहेको छ। वाग्मती खोलाबाट निरन्तर गिट्टी र ढुंगा दर्जनौं एक्जाभेटर लगाएर झिक्न थालेपछि गाउँ नै खतरामा परेको स्थानीयको भनाइ छ। नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...