सरकारले खोप खरिद र अनुदान पाउने कुरामा फूर्ति गर्नु बेकार

काठमाडाैं । सरकारले खोप खरिद प्रकृया र अनुदान पाउने कुरामा जतिसुकै  फूर्ति गरे पनि यो अन्योलमै बितिरहेको छ । सरकराले चालेका कदम त्यति भरपर्दो देखिएको छैन भन्दा अनुचित हुँदैन ।  विभिन्न देशले कोरोना संक्रमण रोकथामका लागि अति आवश्यक मानिएको खोप खरिद वा अनुदान उपलब्ध गराउने प्रतिबद्धता अन्योल बनेको छ । हालसम्म अमेरिका, बेलायतलगायत देशले खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि परिणाम शून्य छ । ती देशले खोप उपलब्ध गराउने मिति र समय अझै घोषणा गरिसकेका छैनन् । पछिल्लोपटक चीन सरकारले मात्रै १० लाख मात्रा भेरोसिल खोप उपलब्ध गराएको छ । खोप लगाउन पाउने आशामा रहेका आमनागरिक प्रताडितसमेत बनेका छन् । त्यस्तै, खरिद प्रक्रियामार्फत खोप ल्याउन सरकारले पहल गर्दै सम्बन्धित देशमा पत्राचार गर्दासमेत ठोस जवाफ आएको छैन ।

उनीहरूले खोप दिन इच्छा जाहेर गरे पनि कहिले, कति मात्रा ? उपलब्ध गराउने निचोड दिएका छैनन् । राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति सी जिनपिङसँग टेलिफोन संवादमार्फत ‘खोप उपलब्ध गराउन’ आग्रह गरेकी थिइन् । भारत, बेलायत, रुस र अमेरिकी राष्ट्रपतिलाई समेत खोप उपलब्ध गराउन उनले पत्राचार गरिसकेकी छन् । तीमध्ये भारत सरकारले भने तत्काल कोभिसिल्ड खोप उपलब्ध गराउन नसक्ने प्रस्ट पारिसकेको छ । जबकि स्वास्थ्य मन्त्रालयले भारतलाई १० लाख मात्रा खरिदका लागि रकमसमेत उपलब्ध गराइसकेको छ । त्यस्तै, अमेरिकाले नेपाललगायतका देशलाई ‘कोभ्याक्स फ्यासिलिटी’मार्फत खोप उपलब्ध गराउने भने पनि ‘ कहिलेसम्म नेपाल आइपुग्ने ? अन्योल कायमै छ । नेपाल सरकारले चीनसँग पहिलो चरणमा २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको थियो । समाचार राजधानी दैनिकबाट ।
+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...