एकताको लागि वैशाख २६ गते पेस गरेको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ : माधव समूह

काठमाडाैं ।  नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा घरझगडा कायमै रहँदा  पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी बैठकले सर्तसहितको प्रस्ताव स्वीकार नहुने अडान राखेको छ । एमाले स्थायी कमिटी सदस्य एवं नेपाल समूह नेता डा. बेदुराम भुषालले अध्यक्ष ओलीबाट पार्टी एकताका लागि इमानदारितापूर्वक प्रस्ताव नआएको बताए ।

सो प्रस्तावमा छलफल गर्न बसेको स्थायी कमिटी बैठकले ‘सर्त स्वीकार गरेर पार्टी एकता गर्न नसकिने निष्कर्ष निकालेको’ जानकारी उनले दिए । ‘अध्यक्ष केपी ओलीको पार्टी एकताका लागि भनेर ६ बुँदे आएको प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा पुगेका छौं, सर्त मानेर एकता सम्भव छैन,’ डा. भुसालले भने, ‘लोकतान्त्रिक प्रणाली व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन । पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरेको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेका आधारमा पार्टी एकता हुन्छ ।’ ओली प्रस्तावमा पार्टीलाई ३ जेठपूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै नेकपा केन्द्रीय कमिटी सदस्यमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटी संरचना गतिशील हुने उल्लेख छ । समाचार राजधानी दैनिक ।
+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।