धार्मिक देखिनु आध्यात्मिक हुनु होइन

स्वामी अमृतानन्द 
हुनु स्वभावबाट बन्नु स्वभावमा झर्दा अवरोह क्रमले लक्षश: दैहिक आवरणहरु तयार भए । हुनु स्वभाव अर्थात् जसमा कुनै किसिमको बन्ने र बिग्रने स्वभाव रहन मिल्दैन । बन्ने प्रक्रियामा इच्छा नै मुख्य हुन्छ । पदार्थको बहुरूपताको अयथार्थ ज्ञानजन्य आकर्षण जब चैतसिक केन्द्रबाट विकेन्द्रीकृत भई भिन्न-भिन्न आकारमा देखिने पदार्थहरुको सामीप्य प्राप्त गर्दछ तब एक प्रकारको नूतन सृजनाको उन्मेष दृष्टिगम्य बन्दछ ।
स्वच्छ व्योम मण्डल, जसरी स्पष्ट प्रतीत हुन्छ त्यसरी नै अखण्ड, एकरस चैतन्यको प्रतीतिमा अनेक प्रकारका आरोपित आवरणहरुको अयथार्थ ज्ञान, बाधा बन्दछ जसले गर्दा सबैमा एक समान भावले विद्यमान चैतन्यको भान नहुँदा बीजको संसरण प्रक्रिया यथावत् रहन्छ ।
हुने विस्मृत छ भने नहुनेप्रति आकर्षण र विकर्षणको द्वन्द्व 
उदाहरणको लागि आकाश । सूर्य, पृथ्वी आदि पिण्ड वर्तुल बन्नु भन्दा पहिलेदेखि नै अपेक्षाकृत स्थायी रहने आकाश रहेको थियो । अनेक तारा, ग्रह, नक्षत्र आदि अण्ड वर्तुल छन् । तर यी सदा रहने छैनन् । व्योम मण्डल भने सदा रहनेछ । आकाशको महत्व, स्वरूप, अवस्था, कार्य आदि अपेक्षाकृत दृष्टिले बिचार विषय बनाइँदा जसरी स्थायी र अस्थायी तत्वहरूको बोध हुन्छ त्यसरी नै इच्छाद्वारा निर्मित सबै प्रकारका स्थूल दैहिक र सूक्ष्म दैहिक आवरण तथा परिचयको प्रगाढतालाई ज्ञात गर्दा शीथिल बन्दै जान्छ ।
भैरहने स्वभाव बिर्सिएर बन्नका लागि आरम्भ भएको एक धावन प्रक्रिया नै चौरासी लाख योनि
अपूर्णताको पीडाबाट मुक्त भई पूर्ण हुनका लागि, अतृप्तिको सन्ताप जन्य अथाह विषादबाट मुक्त भई तृप्त हुनका लागि, असन्तोषको अग्निद्वारा दग्ध भइरहने अवस्थाबाट सन्तुष्ट हुनका लागि, बेखुसीपनको निरन्तरताद्वारा ग्रस्त चैतसिक अभिवृत्तिबाट मुक्त भई खुशी हुनका लागि, थोरै र सीमित भोग्यको भोग जन्य अल्प भोक्तृत्वबोधको भार जन्य व्यथा बाट मुक्त भई असीम र अथाह भोग्यको भोक्ता हुनका लागि आरम्भ भएको यात्रा हो चौरासीको यात्रा । मनुष्यसम्म आइपुग्दा एक पटक यात्रा विरामको अवसर सृजित हुन्छ तर विस्मृतिको चक्रवातले पुनः दिग्भ्रमित बनाई दिन्छ ।
सँधै रहीरहने खुसीको खोजीमा आरम्भ भएको केही बन्ने यात्रा 
भाइ  बन्दा खुशी थोरै भयो त दा बन्ने यात्रा सुरु भयो । छोरा बन्दा हुने सुख थोरै लागेर बाउ बन्ने यात्रा सुरु भयो । विद्यार्थी हुँदाको अल्पताज्ञानले शिक्षक हुने यात्रा सुरु भयो । सुख र खुशी प्राप्तिको यात्राले अध्यापकलाई टिचर बनायो भने वैद्यलाई डाक्टर बनायो । पत्नीलाई वाइफ पतिलाई हस्ब्याण्ड बनायो । मन्त्रीलाई मिनिष्टर र सेवकलाई अफिसर बनायो ।
केही बनी जाँदा धेरै सुख र खुशी पाइन्छ कि, भन्ने जिज्ञासाले नै मनुष्यलाई मनुष्य हुन दिएन र अनेक थरी बनायो । साधारण रहँदा खुशी भएन त लाग्यो – धार्मिक बनी जाउँ । धार्मिक बन्नका लागि आवश्यक शर्तहरू जारी छन् ।
हिन्दू बन्नु छ भने वेद मान । जान कि न जान त्यो भिन्न विषय भयो । हिन्दू बनेदेखि सुख र खुशी पाइन्छ भन्ने आशाले कोही हिन्दू भए । पचासी वर्षका भए र भन्छन् – खै ! वेद पनि मानेको हो मन्दिर पनि गएको हो तीर्थ व्रत पनि गरेको हो तर ! खै दुखी नै छु ! खुशी र सुख त छैन । व्यथा कलह उस्तै छ ! खै हिन्दू बनेर पनि खुशी त पाइन्न पो रैछ – यस्तो उद्गार निस्कियो । कसैलाई लाग्यो क्रिश्चियन बनी गएमा खुशी र सुख पाइन्छ तर त्यहाँ पनि सँधै रहने खुशी त छैन । केही बनेर पूर्ण भइन्छ कि भन्ने भानले साधारण मनुष्यबाट असाधारण धार्मिक बन्दा पनि पूर्ण नभएको र तृप्ति र सन्तोष प्राप्त नभएको देखिन्छ ।
धार्मिक बन्ने प्रक्रियाको आरम्भ 
सनातन धर्म केवल हिन्दूहरूको हैन । कतिपय मनुष्य जो आफूलाई हिन्दू बनाएर बाँच्नुहुन्छ, वहाँहरुलाई लाग्छ कि हामी हिन्दूहरुकै धर्म हो सनातन धर्म । सनातन धर्म – प्रकृतिको धर्म । सनातन धर्म – प्रत्येक प्राणीको धर्म । सनातन धर्म- हुनुको धर्म न कि बन्नुको । सनातन धर्म – सदा रहने सत्यको धर्म न कि कुनै मानवले बनाएको । सनातन धर्म – प्रत्येक तत्वको स्वभाव बोधक धर्म न कि कुनै मानव निर्मित समूह विशेषको । धर्म भन्ने बित्तिकै हिन्दू, मुश्लिम, ईशाइ, शिक्ख आदि बुझ्ने बाध्यता बनाइएको जब कि धर्मले लडाउँदैन । धर्मले द्वन्द्व सिर्जना गर्दैन । धर्मले भेद भाव सृजना गरेर तिम्रो धर्म नराम्रो र मेरो धर्म राम्रो भन्ने बनाउँदैन । वास्तविक धर्मले त शान्ति र सह अस्तित्वको वातावरण तयार गर्दछ ।
केही बन्ने यात्रा केवल धार्मिक बन्नुमा मात्रै अडिएन – राजनीति सम्म पुग्यो
प्रचलित प्रथा अनुसार धार्मिक बन्दा पनि पूर्णताको भान नहुने कारणले र शासन व्यवस्थामा अनेक त्रुटिहरू रहीरहने देखिएकोले अनेक मत र वाद जन्मिए । राजतन्त्र । माओवाद । मार्क्सवाद । लेनिन वाद । प्रजातन्त्र ।
आदि आदि । भएको बिर्सिएर केही बनी जाने यात्राले मनुष्यलाई आज अनेक थरी भेदको जालमा पारिदिएको छ ।
प्रत्येक धार्मिक आध्यात्मिक हुन मिल्दैन तर प्रत्येक आध्यात्मिक नै सही धार्मिक हुन्छ 
आध्यात्मिक हुनु भनेको धार्मिक हुनु भनेको होइन । एक साधारण नागरिक जो धार्मिक छैन तर आध्यात्मिक हुन सक्छ । पहिलो)  आध्यात्मिक हुनुको अर्थ – सबैमा एक ईश्वर देख्ने सत्य ज्ञान युक्त हुनु हो । सबैलाई समान प्रेम गर्ने क्षमता प्राप्त हुनु हो । बाहिरी धार्मिक आवरण र आचरण अलग-अलग भए तापनि भित्र एक परमात्मा नै छ भनी बुझ्ने सामर्थ्य प्राप्त हुनु हो । दोस्रो ) एक आध्यात्मिक व्यक्तिले तिलक चन्दन लगाएको व्यक्तिलाई र तिलक चन्दन नलगाएको व्यक्तिलाई विरोधी बनाउँदैनन्। परस्पर लडाउँदैनन् । तेस्रो ) एक आध्यात्मिक व्यक्ति पढे लेखेका विद्वान् र अनपढमा उचनीच भाव राख्दैनन् । चाैथो ) एक आध्यात्मिक व्यक्ति सर्ट पाइन्ट लगाएका पनि हुन सक्छन् किन कित्मज्ञानका लागि बाहिरी आवरण र आचरण भन्दा पनि भित्री मनको शुद्धता आवश्यक हुन्छ । बाहिर राम्रा र सुकिला देखिनेहरु अक्सर भित्र अनेक अशुद्ध भावले युक्त पनि नदेखिने होइनन् ।  पाँचाैं ) आध्यात्मिक व्यक्ति कोई इन्जिनियर या अभिनेता पनि हुन सक्छन् । छैठाैं ) आध्यात्मिक व्यक्ति बिजनेस म्यान पनि हुन सक्छन् र कुनै देशका शाशक पनि ।
तर, अल्प बोध युक्त धार्मिक व्यक्तिको दृष्टि अल्प विकसित भएको कारणले केवल बाहिरी आवरण र आचरणलाई मात्रै मुख्य मान्ने हुनाले आफूजस्तै तिलक चन्दन लगाएको, आफूजस्तै जप तप गर्ने, आफू जस्तै लुगा लगाउनेलाई देखे भने खुशी हुन्छन् र आफू भन्दा भिन्न आचरण र आवरण देखे भने खिन्न हुन्छन् । यी धार्मिक होइनन् । अल्पबोध युक्त धार्मिक देखिएका व्यक्ति आफ्ना इष्टलाई मुख्य मानेर अन्यका इष्टलाई अमुख्य मान्ने प्रवृत्तिका हुन्छन् । महर्षि व्यास भन्नुहुन्छ – प्राकृत मनुष्यहरु केवल मन्दिर र मूर्तिमा मात्रै देउताको भाव गर्न सक्छन् अन्यत्र सक्दैनन् । तसर्थ धार्मिक हुन सम्प्रदाय र कपडाले छेक्दैन ।
+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...