‘अब उपेन्द्रजीले गल्ती महसुस गरी आफूलाई सच्याउनु पर्छ’

 

काठमाडौं । जनता समाजवादी पार्टीक नेता सुरेन्द्र झाले उपेन्द्रजीले गल्ती महसुस गरी आफूलाई सच्याउनु पर्ने बताएका छन् । उनी हाल महन्थ पक्षमा छन् । यादव पक्ष अदालत जान लागेपछि  उनले यस्तो बताएका हुन् ।  उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो। यसबारेमा भोलि ९मंगलबार० बस्ने बैठकमा छलफल हुन्छ’, उनले भने। यादव पक्षका नेता तथा जसपा कार्यकारणी समिति सदस्य रामसहाय यादवले आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने बताए।

जसपाका बहुमत कार्यकारिणी समिति सदस्यको हस्ताक्षर जुटाएर बुझाउँदा पनि आयोगले सरकारको प्रभावमा परी निर्णय गरेको यादव पक्षको भनाइ छ। आयोगले आइतबार जसपाको ठाकुर र यादव दुवै पक्षले एकअर्कालाई पार्टीबाट गरेको निष्कासन खारेज गर्ने निर्णय गरेको थियो। आयोगले जसपामा दुई अध्यक्ष रहने गरी साबिककै पदाधिकारीलाई मान्यता दिएको छ।

ठाकुर पक्षका नेताहरूले निर्वाचन आयोगको निर्णयलाई स्वागत गरेका छन्। आयोगको निर्णय सकारात्मक र स्वागतयोग्य भएको ठाकुर पक्षका नेता विमल श्रीवास्तवले बताए। ‘आयोगको निर्णयले पार्टीलाई एकजुट बनाएको छ। निर्णय स्वागत योग्य छ’, उनले भने। ठाकुर निकट नेता डा सुरेन्द्र झाले जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पार्टीभित्र बहुमत र अल्पमतको खेलमा लागेको भन्दै आयोगको निर्णयबाट त्यस्तो खेलको अन्त्य भएको बताए। ‘अब उपेन्द्रजीले गल्ती महसुस गरी आफूलाई सच्याउनु पर्छ। त्यसपछि पार्टी एक हुन्छ’, उनले भने।

यसैबीच यादव पक्षले जसपाबाट सरकारमा सहभागी भएका ९ जना मन्त्रीलाई सोमबार सातदिने स्पष्टीकरण सोधेको छ। यादवले सोमबार सरकारमा सहभागी शरत्सिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरैया, इकबाल मिया, चन्दा चौधरी, रेणुका गुरुङ र चन्द्रकान्त चौधरीलाई स्पष्टीकरण सोधेका हुन्। स्पष्टीकरण चित्त बुझ्दो नभए पार्टीबाट निकाल्ने उनले जनाएका छन्।   यादव पक्षले यसअघि नै सरकारमा सहभागी दुई मन्त्री राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निकालेको थियो । नागरिक दैनिकबाट  ।

+ posts

सम्वन्धित समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

ताजा समाचार

सांसद प्रदीप गिरि भन्छन्, विदेश नीतिमा साझा धारणा बनाउॅ

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले सबैभन्दा पहिले साझा विदेश नीति बनाउनुपर्ने बताएका छन् । अमेरिकी परियोजना एमसीसी सम्झौता खारेजको माग...

तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदम अमानवीय : भीम रावल

काठमाडौं । दार्चुलास्थित सीमानदी महाकालीमाथि एकजना नेपाली सवार तुइन काट्ने भारतीय सुरक्षाकर्मीको कदमलाई जति निन्दा गरे पनि कम हुन्छ । यो कदमलाई...

३३ किलो सुन काण्डका भोजराज भण्डारी पक्राउ

काठमाडौं ।३३ किलो सुन काण्ड ओली सरकारको पालामा खुबै चर्चामा रह्यो । नयां सरकार बनेपछि सानो भुरा भने पनि समातिएका छन् ।...

खोप लुकाएर चैन गरिरहेका खड्का पक्राउ

झापा । सबै नागरिक खोपको लागि तड्पिरहेका छन् । तर, माफियाहरु भने खोप लुकाएर चैन गरिरहेका छन् । कोरोनाविरुद्धको खोप पाउन सर्वसाधारण...

माधव नेपालको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न सकिन्न : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल पक्षले राखेको दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन्।