बहुमत जुटाउन महन्थले रोजे ओलीकै मनोनित मन्त्र

काठमाडौं । कार्यकारिणी समितिमा बहुमत जुटाउन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिमा आफूनिकट १७ जना व्यक्तिलाई मनोनित गरेका छन्। ठाकुरले मनोनित गरेको सबै जना ठाकुर र राजेन्द्र महतो निकट मात्र छन्। ठाकुरले आफूनिकट ११ जना र महतोनिकट ६ जना नेतालाई कार्यकारिणी समितिको सदस्य बनाएका छन्।

ठाकुरनिकट स्रोतले दिएको जानकारी अनुसार ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यहरूलाई हटाएर त्यसको ठाउमा आफूनिकट नेताहरूलाई कार्यकारिणी समितिमा राखेका छन्।  जसपाका दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन्। उपेन्द्र यादवको ठाउँ उनले खाली राखेका छन्। पहिलो अध्यक्षमा आफ्नो नाम राखेका छन् भने दोस्रो अध्यक्षमा नाम खाली राखेका छन्। ठाकुरले थपेको कार्यकारिणी सदस्यहरूमा डा। विजयसिंह, सुरेन्द्र झा, विमल श्रीवास्तव, राजीव झा, उमाशंकर अरगरैया, इकबाल मिया, परमेश्वर साह, सत्रदीप यादव, सुरेश मण्डललगायत छन्। कार्यकारिणी समितिमा थपिएका अरगरैया, श्रीवास्तव, तथा इकबाल वर्तमान सरकारका मन्त्री पनि हुन्।

ठाकुर पक्षलले थप गरेको कार्यकारिणी समितिको सूचीमा ठाकुरले मात्र हस्ताक्षर गरेका छन्। पहिलो अध्यक्षले गरेको हस्ताक्षरले वैधानिकता पाउने ठाकुरनिकट एक नेताले बताए। उनका अनुसार कार्यकारिणीमा दुई अध्यक्षसहित ५१ सदस्यीय बनाइएको छ। ठाकुरले गरेको मनोनयनमा पूर्वराष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी, अनिल झा र राजिकिशोर यादव निकट व्यक्तिहरूलाई भने समेटिएको छैन। भण्डारी निकट राष्ट्रियसभामा सदस्य शेखर सिंहलाई कार्यकारिणी समितिमा राखिएको छैन। यसैगरी, ठाकुरसँग निकट मानिए पनि नखुलेका गोविन्द चौधरीलाई कार्यकारिण्ीमा राखिएको छैन।

यता, निर्वाचन आयोगको फैसलाप्रति रुष्ट भएका जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले बुधबार कार्यकारिणी समितिको बैठक बोलाएका छन्। मंगलबार उनले केही कानुन व्यावासयीहरूसँग सरसल्लाह गरेका थिए। कानुन व्यावसायीहरूले पुनः निर्वाचन आयोगमा जान या सर्वोच्चमा रिट दायर गर्न यादवलाई सल्लाह दिएका थिए। यसबारेमा निर्णय गर्न बुधबार कार्यकारिणी समितिको बैठक बोलाइएको यादव पक्षले जनाएको छ। मंगलबार यादवले विज्ञप्ति निकाली निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेका थिए ।  समाचार नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...