संक्रमण घटे पनि जोखिम टरेको छैन

नेपालमा संक्रमणले हुने सिकिस्त बिरामीको संख्या अस्पतालमा घट्दै गएको छ । नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन् । तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्।

जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए । ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे । अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा बढ्न सक्ने डा. कर्माचार्यको विश्लेषण छ । उनी धुलिखेल अस्पतालमा कार्यरत छन्  

दोस्रो लहरमा एकै परिवारका धेरै जनाको मृत्यु भएकाले मानिसहरू थप सचेत बन्दा संक्रमणदर घटेको वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे बताउँछन्। ‘लकडाउन गरेको तीन सातादेखि संक्रमण घट्दै गएकाले लकडाउन खुलेपछि बढ्ने सम्भावना रहन्छ’, उनले भने। ठूला शहरहरूमा एक साता लकडाउन बढाउनुपर्ने डा. गैरेको सुझाव छ। ‘लकडाउन खुल्नेबित्तिकै हिँडडुल बढ्छ। हिँडडुल बढ्ने बित्तिकै संक्रमण बढ्छ’, उनले भने।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार देशका १४ जिल्लामा संक्रमणदर बढ्दो क्रममा रहेको जनाएको छ। मन्त्रालयका अनुसार उदयपुर, तेह्रथुम, पाँचथर, भोजपुर, संखुवासभा, दोलखा, नुवाकोट, रसुवा, बाग्लुङ, मुस्ताङ, रोल्पा, जुम्ला, मुगु, रुकुम पश्चिम, बाजुरालगायतका जिल्लामा संक्रमणदर बढ्दो क्रममा छ।  

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेल संक्रमण घट्दै जानुमा आवात–जावतमा लगाइएको रोक नै प्रमुख कारण भएको बताउँछन्। संक्रमणदर घट्ने बित्तिकै निषेधाज्ञा खुल्ने हो भने गत वर्षकै जस्तो पुनः ह्वात्तै बढ्न सक्ने उनको भनाइ छ । समाचार नागरिक दैनिकबाट । 

+ posts

सम्वन्धित समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ताजा समाचार

एमालेमा बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेका दुवै पक्षमा पछिल्लो समय बाहुबली संगठनको घोषणामा प्रतिस्पर्धा जस्तै चलेको छ। संस्थापन पक्षले युथफोर्स...

कांग्रेस र कम्युनिष्टबीच भिन्नता छैन : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताको रोजाइमा राप्रपा रहनुपर्ने बताएका छन्। काठमाडौंको क्षेत्र नं ५ मा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष...

ओली विक्षिप्त भएकाले उनलाई बरबराउन छुट छ : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कार्यकर्ताले राम्ररी चिनिसकेकाले उनको साथ छोड्न थालेको बताएका छन्।...

तत्काललाई टर्यो कांग्रेसको सबै तहका अधिवेशन

काठमाडौँ । नेपाली कांग्रेसका सबै तहका अधिवेशन स्थगित भएका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानलिकण्ठमा शनिबार बसेको पदाधिकारी...

जेठाजुद्वारा बुहारीको हत्या

वीरगञ्ज । खेतमा कमाएर ल्याएको पैसाको विषयमा विवाद हुँदा बाराको महागढीमाई नगरपालिकामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका–७...