बाको स्थानमा देउवा होला त परिवर्तन ?

काठमाडौं । निवर्तमान प्रधानमन्त्री ओलीलाई उनका प्रशंसकले बा भन्ने गर्दथे । अब उनको स्थानमा देउवा आएका छन् । बा र देउवा शब्दको अनुप्रास उस्तै सुनिने रहेछ । बाको स्थानमा देउवा आए पनि मुलुकमा केही परिवर्तन होला भन्ने आशा गर्ने अवस्था छ कि छैन त्यो भने महत्वपूर्ण हो ।नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन्।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन्। यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए।

यसअघि सर्वोच्च अदालतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै देउबालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो। देउवालाई संसद पुनर्स्थापना र आफुलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति निकाल्दै संबिधानलाई उल्लेख नगरी सर्वोच्च अदालतको आदेशका आधारमा आफूलाई प्रधानमन्त्री नियुक्त गरिएको भनी निकालेको विज्ञप्तिलाई लिएर देउवाले आपत्ति जनाएका थिए। उनले संविधानको धारा उल्लेख गरेर नयाँ विज्ञप्ति निकाल्नुपर्ने अडान लिएपछि सपथ ग्रहण निर्धारित समयभन्दा २ घन्टा २० मिनेट ढिलो सुरु भएको थियो। देउवाले एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ।

+ posts

सम्वन्धित समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

ताजा समाचार

प्रचण्ड माधव फकाउन ओलीभन्दा अगाडि

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालीबीच आज पनि भेटवार्ता भएको छ । अध्यक्ष ओलीसँग...

ओली नेपालबीच वार्ताको हाउगुजी, नेपाल पक्ष भन्छ हामीलाई थाहा छैन

काठमाडाैं । एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज ‘वान टु वान’ भेटवार्ता हुने भनिएको छ। आजका...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा

काठमाडौं । नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्का एक चिरपरिचित नाम हो । उनले नेपाली क्रिकेटका लागि दिएको योदान अतुलनीय छ । उनै...

नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक...

मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा...