देउवा र संसदको भविष्य माधव नेपालको हातमा

काठमाडाैं । शेरबहादुर देउवा र संसदको भविष्य माधव नेपालको हातमा रहेको छ । यति बेला शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य एमाले नेता माधव नेपालमा निर्भर बनेको छ । नेपाल पक्षका सांसदले विश्वासको मत दिए देउवा सरकार टिक्छ नत्र एक महिनामै आयु सकिन्छ । एमाले भित्रकै आन्तरिक विवादले कुन मोड लिने हो भन्ने अलमलले पनि सरकारको स्थिरता अन्योलमा देखिएको छ ।

यसलाई राम्ररी बुझेका प्रधानमन्त्री देउवा बुधबार नेपाल निवासमै पुगेर विश्वासको मतका लागि आग्रह गरेका छन् । नेता नेपालले पनि विश्वासको मतका लागि सहयोग गर्ने आश्वासन दिएका छन् । तर उनीहरू दुई जनाको भेटघाटले एमाले अध्यक्ष केपी ओली झनै चिढिएका छन् ।

बुधबारको भेटवार्तामा देउवा र नेपालबीच सरकारले विश्वासको मत नपाए संसद् पुनर्स्थापनाका लागि भएको लडाइँ पनि निरर्थक हुने विश्लेषण गरिएको थियो । हुन पनि नेपाल समूहले साथ दिएन भने देउवा सरका एक महिनामै ढल्ने र प्रतिनिधिसभा फेरि विघटन भएर मुलुक मध्यावधि निर्वाचनमा जाने अवस्था आउँछ । त्यही भएर नेपालले संसद्लाई पूरा कार्यकाल टिकाउन आफ्नो साथ रहने आश्वासन देउवालाई दिएका छन् । नेपाल पक्षकै केही नेता भने देउवालाई विश्वासको मत दिनुअघि नै पार्टी विवादको छिनोफानो हुनु पर्ने बताउँछन् ।नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जना पक्राउ

काठमाडौं । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले ८० लाख रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी...

शाहरुख खानको घरमा एनसीबीको छापा

भारत । नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार बलिउड अभिनेता शाहरुख खानको घरमा छापा मारेको छ। एनसीबीले शाहरुख खानको...

ताजा समाचार

स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जना पक्राउ

काठमाडौं । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले ८० लाख रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी...

शाहरुख खानको घरमा एनसीबीको छापा

भारत । नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार बलिउड अभिनेता शाहरुख खानको घरमा छापा मारेको छ। एनसीबीले शाहरुख खानको...

विराटनगर विमास्थलमा बाढी पसेपछि सवै उडान रद्द

विराटनगर । आईतबारदेखि निरन्तर परेको वर्षाका कारण मुलुकभरको जीवन अस्तव्यस्त बनाएको छ । बर्षाका कारण बाढी पहिलोले बस्ति डुवानमा मात्र परेका छैनन्...

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...