उपेन्द्र महन्थ दुवैको जसपा आधिकारिकताको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)का दुवै पक्षले जसपाको दाबी गरिरहेका छन् । महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकतामा दावी गरेका हुन् । निर्वाचन आयोगमा आइतबार भएको सुनुवाइका क्रममा दुवै पक्षले पार्टी आधिकारिकताको दावी गरेको बताइएको छ ।

आयोगमा पुगेर दुवै पक्षका नेताहरुले पार्टीका नाम चिन्ह आफूहरुले पाउनुपर्ने बताएका छन् भने दुवै पक्षले आफुसँग बहुमत कार्यकारिणी सदस्य रहेको दावी गरेका छन् । सुनुवाइपछि जसपा उपेन्द्र पक्षका नेता महेन्द्र राय यादवले पार्टी आधिकारिकताका बारेमा भएको मागदावीमा विधि र विधान अनुरुप टुङ्गो लगाउनुपर्ने बताए ।

आफूहरुको हस्ताक्षरलाई सर्वोच्चले समेत मान्यता दिएकाले आफुसँग बहुमत सदस्य रहेको उनको भनाई छ । अर्को पक्षले नै पार्टीबाट अलग्गिने बताएको उनले बताए । त्यस्तै महन्थ पक्षका नेता लक्ष्मणलाल कर्णले अर्को पक्षको दावी कानूनसम्मत् नरहेको बताए । उनले आयोगले जसपाका बारेमा छिटै निर्णय गर्नुपर्ने धारणा राखे ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३-४४ अन्तर्गत आयोगले सुनुवाई गर्न लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ । 

+ posts

सम्वन्धित समाचार

देउवा सरकारले दादागिरी देखाउन थाल्यो : ओली

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । साथै उनले सरकारले...

ऋचा चड्ढा भन्छिन्, पतिको अपराधमा शिल्पालाई दोषी मान्नु गलत

मुम्बई। राज कुन्द्राको अपराध काण्डमा बलिउडका दर्शकले उनकी पत्नी शिल्पा शेठ्ठीमाथि दुर्व्यवहार गर्दै आएका छन् । पति राज कुन्द्रा पोर्न फिल्मको...

ताजा समाचार

भदौबाट सवारी चालक अनुमति पत्र खुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले भदौबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) खुलाउने तयारी गरेको छ । यसअघि प्रदेश सरकारले कुनै निर्णय नगरेकाले...

के के छन् माओवादी केन्द्रको स्थायी कमिटी बैठकको एजेण्डा ?

काठमाडाैं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको छ । सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा दुई...

प्रचण्ड र नेपालबीच कोटेश्वरमा यसअर्थ चलिरहेछ वार्ता

काठमाडौं । आज नेकपा एमालेमा वारपार गरिने भनिएको छ । एमालेमा वारपार हुनुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधव...