‘जनताले मागेको छ खोप तर नेताले माग्छ भोट’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले नेपाली जनताले मागेको छ खोप तर नेताले माग्छ भोट भनी बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरान आज तुलसीलाल स्मृति प्रतिष्ठानमा आयोजित कार्यक्रममा बोल्दै केसीले यस्तो कटाक्ष गरेका हुन् ।

उनले नेपाली जनताले कोभिड १९ विरुद्ध खोप मागिरहँदा नेताले भने भोट मागिरहेको बताए। उनले कम्युनिष्ट बन्नु अहिले फेसन भएको भन्दै कम्युनिस्ट पार्टी र गैर कम्युनिस्टलाई कसरी छुट्याउने भन्दै प्रश्न समेत गरेका छन् ।

‘कम्युनिस्ट पार्टी र गैर कम्युनिस्ट कसरी छुट्याउने ? राजनीतिमा लागेपछि पहिला आफू बन्ने र पछि आफू वरिपरिकालाई बनाउने’ उनले भने। केसीले नेताहरुले जनतालाई मिठा भाषण गरेर हुरुक्क पार्न जानेको पनि बताए। भने, ,’जनतालाई मिठा मिठा भाषण गर्न हामीलाई कसैले सक्दैन। हामीले ३ वर्षमा के गर्यौं? हाम्रो अवस्था त बदलियो हामीलाई विश्वास गर्नेको के भो?’

केपी शर्मा ओली नेतृत्वको सरकारले दुईपटक प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेको प्रति लक्षित गर्दै केसीले भने, ‘ नेपाली जनताले मागेको छ खोप तर नेताले माग्छ भोट।’

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...