राहुल गान्धी भन्छन्, मोदीले देशका विरूद्ध विदेशी जासुस प्रयोग गरे


भारत । भारतीय कांग्रेस आईका नेता राहुल गान्धीको फोन पनि जासुसले रेकर्ड गरेको पाइएको छ । इजरायली स्पाई वेयर पेगाससमार्फत भइरहेको जासुसी विवाद भारतमा टकरावको रूप लिने अवस्थामा छ । वस्तुतः यो रोकिने छाँटकाँटमा देखिएको पनि छैन । यसबारे शुक्रबार कांग्रेस आईका नेता राहुल गान्धीले मोदी सरकारमाथि जोरदार हमला गरेका छन् । उनले गृहमन्त्री अमित शाहको राजीनामा मागेका छन् । 

‘मेरो फोन ट्याप भयो । यो मेरो निजी मामिला होइन, मैले जनताको आवाज उठाउँछु । नरेन्द्र मोदीले यस हतियारलाई हाम्रो देशविरद्ध प्रयोग गरेका छन् । गृहमन्त्रीले राजिनामा दिनुपर्छ,’ उनले भने । उनले यस घटनाको जिम्मेवारी गृहमन्त्रालयले नै लिनुपर्ने बताए । त्यस्तै, गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतको निगरानीमा न्यायिक जाँच हुनुपर्ने माग गरे । 

पेगाससलाई इजरायली सरकारले हतियारका रुपमा वर्गिकरण गरेको गान्धीले बताए । ‘र, हाम्रा गृहमन्त्रीले लोकतन्त्र विरुद्ध यसलाई प्रयोग गरे । यो जनताको आवाजमाथिको आक्रमण हो । 

जासूसीको सफ्टवेयर रहेको र भारतमा यसलाई हतियारका रुपमा वर्गिकरण गरिएको उनले बताए । सर्वोच्च अदालत र राफेलको जाँच रोक्नका लागि पेगाससको प्रयोग गरिएको उनको आरोप छ । 

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...