प्रधानमन्त्रीकै जिल्लामा ३६ करोड बढी बजेट फ्रिज

डडेलधुरा । प्रधानमन्त्रीकै जिल्ला डडेलधुरामा गत आर्थिक वर्ष २०७७/२०७८ मा ३६ करोडभन्दा बढी रकम फ्रिज भएको छ । सङ्घीय र प्रदेश सरकारको गरी ३६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेलधुराले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय डडेलधुराले चालुतर्फ १० करोड र पुँजीगततर्फ २६ करोड गरी ३६ करोड रकम फ्रिज भएको जनाएको छ । ढिलो गरी टेण्डर आह्वान हुनाले रकम फ्रिज भएको कार्यालयको भनाई छ । प्राविधिक कारणले गर्दा सिँचाइ, सडक कालोपत्रे, पुल निर्माण हुन नसक्दा बजेट फ्रिज भएको हो ।

गत आर्थिक वर्षमा पुँजीगततर्फ भने ९० प्रतिशत बजेट खर्च भएको छ । कोरोना महामारीका बीच पनि विकास निर्माणका काममा अवरोध नआएकाले ९० प्रतिशत बजेट खर्च भएको हो । प्रदेश सरकारको कुल २ अर्ब २४ करोड रुपैयाँमा २ अर्ब ३ करोड रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसै गरी सङ्घीय सरकारको ६५ प्रतिशत बजेट मात्र खर्च भएको छ । सङ्घीय सरकारको कुल १३ करोड बजेटमा ८ करोड ७७ लाख रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डडेलधुराले जानकारी दिएको छ ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...