कारबाहीको चार महिनापछि माओवादी केन्द्रमै रहन चाहन्छन् टोपबहादुर

काठमाडाैं । पूर्वमाओवादी केन्द्रका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु शाह माओवादी केन्द्रले कारबाही गरेको चार महिनापछि सर्वोच्च अदालत गएका छन्।

यसअघि उनीहरू माओवादी केन्द्र खारेजी माग गर्दै निर्वाचन आयोग पुगेका थिए। तर, आयोगले उनीहरूको माग निवेदन नै बदर गरिदिएको थियो।

बुधबार भने उनीहरू सर्वोच्चमा अध्यक्ष प्रचण्डले गरेको कारबाही निष्प्रभावी रहेको भन्दै परमादेशबाट आफूहरूलाई सांसद पुनर्बहाली गर्न माग गरेका छन्।

उनीहरू चारजनाले नै सर्वोच्चमा अलग–अलग रिट दर्ता गराएका छन्, जसमध्ये एमाले प्रवेश गरेका पुर्वमाओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले आफू नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन्। 

बुधबार सर्वोच्च अदालत पुगेका रायमाझीले आफूले माओवादी त्याग गरी एमाले प्रवेश नगरेको दाबी गरेका हुन्।उनले रिटमा केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमालेमा औपचारिक रूपमा प्रवेश नगरेको र पार्टीको सदस्यता नलिएको दाबी गरेका छन्। उनले ‘आफू माओवादी केन्द्रकै नेता रहेको’ दाबी रिटमा उल्लेख छ।

रिटमा उनले माओवादी केन्द्रको महाधिवेशन नभएको, पार्टीको आधिकारिकता नभएको, सोही पार्टीले आफूलाई स्पष्टीकरणसम्म नसोधी कारबाही गरेको कुरा मान्य हुन नसक्ने भन्दै सांसद पदबाट हटाउने निर्णय बदर गर्न माग गरेका छन्। 

माओवादी केन्द्र छाडी नेकपा एमालेमा प्रवेश गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले रायमाझीसहित लेखराज भट्ट, साह र गौरीशंकर चौधरीलाई सांसद पद र पार्टीको सदस्यबाटै निष्कासित गरेको संसद् सचिवालयलाई जानकारी गराएको थियो।

संसद् सचिवालयले उनीहरूलाई गत चैत २६ गते सांसद पदबाट हटाएको थियो। सांसद पदबाट हटाएको करिब चार महिनापछि रायमाझी सर्वोच्च अदालत गएका हुन्।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...