सरकारी जीप दुर्घटनामा एकको मृत्यु

धनुषा । धनुषामा आज (शुक्रबार) एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

ढल्केवर–जनकपुर राजमार्गको सपही सडकखण्डमा भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेमा महोत्तरीको भङ्गहा नगरपालिका–९ बस्ने दीपक यादव रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

दुर्घटनामा परी घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।

अन्य घाइते पाँच जनाको प्रादेशिक अस्पतालमा नै उपचार भइरहेको छ।

उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ।

आज बिहान ५:०० बजे ढल्केबर–जनकपुर राजमार्गको लक्ष्मीनियाँ गाउँपालिकास्थित सपही सडकखण्डमा सरकारी नम्बर प्लेटको स्कारपिओ पिकअप अनियन्त्रित भएर पुल निर्माणका लागि खनिएको खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...