मेरो सरकार ढालेर माधव नेपालले देशद्रोह गरे : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै दलको सरकार ढालेर मुलुकलाई अनिश्चितता तर्फ लैजाने भूमिका खेल्नेहरूलाई पार्टीमा कुनै स्थान नभएको बताएका छन्। एमालेमा आन्तरिक एकता कायम राख्ने प्रयास भइरहेकै बेला अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल लगायतलाई एमाले भित्र कुनै स्थान नभएको बताएका हुन्।

वामपन्थीको सरकार ढालेर दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएर नेपालले पार्टीलाई धोका दिएको उनले बताए। एमाले काठमाडौँ जिल्ला कमिटीको बैठकमा अध्यक्ष ओलीले माधव नेपालको कदम कम्युनिस्ट आन्दोलन विरुद्धमा भएको बताए।

‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, वामपन्थी सरकार ढाल्ने र दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने। कम्युनिस्ट आन्दोलन विरोधी देशद्रोहीलाई पार्टीमा कुनै ठाउँ छैन। फ्लोर क्रस गरेर देउवा नेतृत्वको सरकार बनाउन एक हुल लिएर हिँडे। पार्टी हामी सबैले बनाएका हौं,’ उनले भने।

उनले आफू नेतृत्वको सरकारले राम्रो काम गरेको र अहिले शेरबहादुर देउवा सरकालाई सहज भएको भन्दै ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी समेत गरे। एमाले नेतृत्वको सरकार ढाल्न अन्य कुनै शक्तिले नसक्ने भए पनि पार्टी भित्रैबाट गद्दारी भएको उनको दाबी थियो। यसलाई मनन गर्दै एमाले पुनः सत्तामा फर्कने दाबी पनि ओलीले गरेका छन्।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...