दोस्रो डोज खोप लगाए पनि संक्रमण

काठमाडौं । दोस्रो डोज खोप लगाइसकेकालाई पनि कोरोना संक्रमण देखिन थालेको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–६ का उमेश दाहालले गत असार २८ गते भेरोसेलको दोस्रो डोज खोप लगाए। त्यसको दुई दिनपछि नै उनलाई ज्वरो आउने, खोकी लाग्नेलगायतका लक्षण देखियो। पहिले त उनले खोपको असर होला भन्ने लाग्यो। तर, साउन २ गते गरेको एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना संक्रमण भएको पुष्टि भयो। 

त्यसैगरी विराटनगरका ३२ वर्षीय एक युवालाई पनि गत बुधबार कोरोना पोजेटिभ देखियो। उनले कोरोनाविरुद्धको खोप दुईवटै डोज लगाइसकेका थिए। एकाएक शनिबार घाँटी खसखसाउने, टाउको दुख्ने, रुघा लाग्ने जस्ता लक्षण देखियो। सुरुमा उनले भाइरल ज्वरो भनेर वास्ता गरेनन्। तर, पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखियो।

कोरोनाविरुद्धको खोप लगाइसकेपछि कोरोना नलाग्ने, लागे पनि धेरै असर नगर्ने विश्वास आममानिसमा छ। यी दुई युवालाई पनि त्यस्तै लाग्थ्यो। ‘तर,  खोप लगाएको भए पनि कोरोना संक्रमण हुने रहेछ’ उमेश दाहालले आफ्नो अनुभव सुनाउँदै भने, ‘खोप लगाएको छु भनेर ढुक्क हुन नहुने रहेछ।’ लक्षणहरू खोप नलगाएको मानिसलाई जस्तै देखिएको र असर पनि उस्तै पारेको उनीहरू बताउँछन्।

फागुनमा पहिलो र जेठ २१ गते कोभिसिल्डको दोस्रो मात्रा पूरा गरेर पनि असार ९ गते दोस्रो पटक कोरोना पोजेटिभ देखिएका इटहरीका लोचन पौडेलको पनि यस्तै अनुभव छ। ‘खोप लगाएको छु। केही हुँदैन होला भनेर आत्मबल चाहिँ बढे जस्तो हुने रहेछ,’ उनले भने। उनलाई यसअघि पनि गत मंसिरमा कोरोना पोजेटिभ देखिएको थियो।

केही दिन घरमा आराम गरेपछि निको भएर काममा फर्किएका थिए। तर, दुवै पटकको कोरोना संक्रमणमा स्वाद हराउने, जिउ दुख्ने, ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखिएको उनले बताए। अन्नपूर्ण पोस्ट् दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...