मेलम्ची खानेपानी आयोजनाको अर्बाैं रूपैयाँ लगानी जोखिममा

काठमाडाैं । मेलम्ची खानेपानी आयोजनामा भएको झन्डै ५१ अर्ब रूपैयाँ लगानी बाढीपहिरोका कारण जोखिममा परेको छ। मेलम्ची नदीको जलाधार क्षेत्रमा बाढीपहिरो आउँदा लगानी जोखिममा परेको हो। अम्बाथानस्थित आयोजनाको हेडवर्कस्भन्दा माथिल्लो भेग बाढीपहिरोका कारण चिराचिरा परेको छ।

मेलम्ची जलाधार क्षेत्रको कमजोर संरचना भत्किने क्रम जारी छ। जलाधार क्षेत्रमा भएको क्षतिको यकिन विवरण आउन सकेको छैन। यद्यपि जलाधार क्षेत्र नै भत्किन पुग्दा मेलम्चीको पानीको मुहान नै सुक्ने हो कि भन्ने आशंकासमेत उब्जिएको छ। सरकारले एसियाली विकास बैंकसँगको साझेदारीमा मेलम्ची आयोजनाको पहिलो र दोस्रो खण्डमा करिब ५१ अर्ब रूपैयाँ खर्च गरिसकेको छ।

त्यसमध्ये ३० अर्ब आयोजनाको हेडवक्र्स तथा सुरुङमार्ग निर्माणमा खर्च भएको हो। यसबाहेक मेलम्चीको पानी सुन्दरीजलमा आएपछि उपत्यकाबासीको घरदैलोमा पुर्‍याउने संरचनामा निर्माणमा २१ अर्ब खर्च भइसकेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमलराज श्रेष्ठले बताए। नागरिक दैनिकबाट ।

+ posts

सम्वन्धित समाचार

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय...

ताजा समाचार

६० वर्षीय वृद्धले हजार रुपैयाँको लोभ देखाई १२ वर्षीया बालिकालाई करणी

जनकपुरधाम । ६० वर्षीय वृद्धावस्थामा मान्छे जीवन र मरणको दोसाँधमा पुगिसकेको हुन्छ तर, कोहीकोहीचाँहि अचाक्ली छिल्लिएका पनि हुन्छन् । यस्तै भयो धनुषामा...

सुनको भाउलाई दशैं लाग्यो

काठमाडौं । सुनको भाउलाई दशैं लागेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य...

धर्मान्ध तालिबानले अफगानका छात्रालाई विद्यालय पठाउने !

काठमाडौं । अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै...