नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गरिने

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई खण्डीकरण गर्नेगरी दुईओटा विधेयक सोमवार राष्ट्रियसभाबाट पारित भएका छन् । यससँगै लामो समयदेखि प्राधिकरणलाई हवाई सेवाप्रदायक र नियमन निकायको रूपमा अलग गराउने सुझाव तथा तयारी कार्यान्वयन गर्न बाटो खुलेको छ ।

‘नेपाल हवाई सेवा प्राधिकरण–२०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ पारित भएसँगै प्राधिकरण अब विभाजन हुने भएको छ । यी विधेयक तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले २०७६ फागुन ११ मा राष्ट्रिय सभामा दर्ता गराएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन–२०५३ अन्तर्गत स्थापित भएको प्राधिकरणले नियमन र हवाई सेवा दुवै दिँदै आएको छ । अब नियामक र सेवाप्रदायक गरी प्राधिकरण अलग–अलग दुईओटा निकायमा बाँडिनेछ ।

प्रवक्ता राजकुमार क्षत्रीले विधेयक पारित भएसँगै यसलाई दुईओटा निकायमा टुक्रयाउन बाटो खुलेको बताए । उनका अनुसार अहिलेको संरचना विभाजन हुँदा नियमनतर्फ भएका कर्मचारीहरू नेपाल हवाई सेवा प्राधिकरणमा जान पाउँदैनन् भने हवाई सेवातर्फ भएका कर्मचारीहरू नियमन प्राधिकरणमा कार्य गर्न पाउने छैनन् । अहिले प्राधिकरणमा १ हजार २२५ जना कर्मचारीहरूको दरबन्दी छ । आर्थिक अभियान दैनिकबाट

+ posts

सम्वन्धित समाचार

ओलीले यता न उता मुलाबारी भित्ता पुर्याए नि कमरेड ! भन्दै यी नेता गए माधव कमरेडको शरणमा

काठमाडौं । नेकपा एमालेका तेस्रो धार भनिएका नेताहरु अध्यक्ष ओलीको पेलानमा परेपछि माधव नेपालसँग क्षमायाचना गर्न थालेका छन् ।

दशैं नलागी कौडा खेल्दा प्रहरीले मार्यो कौडा खालमा छापा

झापा । दशैं लागिसकेको छैन । अझै त पितृपक्ष नै छ । तर, जुवा खेल्ने काैडेबाझहरूलाई के दशैं के तिहार ? वश समय...

ताजा समाचार

६० वर्षीय वृद्धले हजार रुपैयाँको लोभ देखाई १२ वर्षीया बालिकालाई करणी

जनकपुरधाम । ६० वर्षीय वृद्धावस्थामा मान्छे जीवन र मरणको दोसाँधमा पुगिसकेको हुन्छ तर, कोहीकोहीचाँहि अचाक्ली छिल्लिएका पनि हुन्छन् । यस्तै भयो धनुषामा...

सुनको भाउलाई दशैं लाग्यो

काठमाडौं । सुनको भाउलाई दशैं लागेको छ । सुनको मूल्य बुधबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य...

धर्मान्ध तालिबानले अफगानका छात्रालाई विद्यालय पठाउने !

काठमाडौं । अफगानिस्तानका छात्रालाई जतिसक्दो चाँडो विद्यालय फर्किने वातावरण बनाउने तालिबानले जनाएको छ । तालिबानले आफूहरूलाई विद्यालय नबोलाइएको भन्दै...