अफगानिस्तानी रक्षा मन्त्रीको घरमै तालिवानी आक्रमण

एजेन्सी । अफगानिस्तानका रक्षा मन्त्रीको घरमा हतियारधारीले आक्रमण गर्दा चारजनाको मृत्यु भएको छ । उच्च सुरक्षा व्यवस्था रहेको काबुलस्थित रक्षा मन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा आक्रमण भएको हो ।

आक्रमणका बेला मन्त्री बिस्मिल्लाह घरमा थिएनन् । मंगलबार बन्दुकधारीले बिस्मिल्लाहको घरमा कार बम बिस्फोट गराउनुका साथै गोली प्रहार गरेका हुन् । मन्त्री बिस्मिल्लाहको परिवारलाई सुरक्षित रुपमा त्यहाँबाट निकालिएको र आक्रमणकारीहरु मारिएको सुरक्षा बलले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

अफगानिस्तानका प्रमुख शहरहरुमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबिच भिडन्त जारी रहेका बेला आक्रमण भएको हो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले तत्काल हिंसा अन्त्य गर्न आह्वान गरे पनि भिडन्त जारी छ । रक्षा मन्त्रीको घरमा भएको आक्रमणमा चारजनाको ज्यान गएको सुरक्षा अधिकारीले समाचार संस्था एएफपीलाई बताएका छन् ।

इटालियन मेडिकल च्यारिटी इमर्जेन्सीले अरु ११ जना घाइतेलाई आफ्नो स्वास्थ्य केन्द्रमा ल्याइएको जनाएको छ । खबरमा चार आक्रमणकारी पनि मारिएको उल्लेख छ ।

आक्रमणपछि मन्त्री बिस्मिल्लाहले ट्वीट गरेर सबै कुरा राम्रो रहेको र चिन्ता नलिन भनेका छन् । अमेरिकाको विदेश मन्त्रालयले रक्षा मन्त्री बिस्मिल्लाहको घरमा भएको आक्रमण तालिबान आक्रमणको सम्पूर्ण संकेत रहेको बताएको छ ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...