खोप लगाएका नेपाली नागरिक आजबाट युएइ प्रवेश गर्न सक्छन्

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।    
    
त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।    
    
युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्।    
    
उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ। त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ। नेपालसँग भारत, पाकिस्तान, श्रीलंकालाई पनि स्वास्थ्य प्रोटोकल अनुसार प्रवेश खुला गरेको छ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...