मेलम्चीको पानी काठमाडौं उपत्यकामा अब कहिले झर्ला ?


काठमाडाैं । दुई दशककोप्रयासपछि काठमाडौं उपत्यकामा आएको सिन्धुपाल्चोकको खानेपानी फेरि अनिश्चित बनेको छ । निर्माण थालिएको २२ वर्षपछि गत १५ चैतदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकामा झरेकोमा बाढीका कारण अनिश्चित बन्न पुगेको हो ।

मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण समेत गरिएको थियो । तर, यसरी वितरण गरिएको तीन महिनामै असार पहिलो सातादेखि निरन्तर रुपमा मेलम्ची खोलामा आएको बाढीले खानेपानी आयोजनाको भौतिक संरचनामा क्षति पुर्याएसँगै मेलम्ची आयोजना नै अनिश्चिन बनेको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले असार पहिलो साता र साउन दोस्रो तेस्रो मेलम्चीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्याएको जनाएको छ । मन्त्रालयले भौतिक संरचनामा पुगेको क्षतिका कारण अब उक्त संरचना निर्माणका लागि कति समय लाग्ने भन्ने टुंगो लागिनसकेको जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जलाधार क्षेत्रमा अहिले पनि बाढी पहिरो आउने क्रम नरोकिएकाले तत्काल नै काम थाल्न सकिने अवस्था नरहेको बताए । पुरिएको नदी खोल्न बाटो र पुल मुख्य कुरा भएकाले वर्षा सकिएपछि पुस माघबाट काम थाल्न सकिएमा त्यसको तीन महिनासम्ममा पुनः काठमाडौं उपत्यकामा पानी ल्याउन सकिन्छ कि भन्नेमा आफूहरु रहेको उनी बताउँछन् । राजधानी दैनिकमा खबर छ ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...