राष्ट्रपति र भीम रावलबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ।शनिबार साँझ भण्डारी र रावलबीच शीतल निवासमा भेटवार्ता भएको हो। उनीहरुबीच दुई घण्टाभन्दा बढी समय छलफल भएको बताइएको छ । रावल पछिल्लो समय एमालेको माधव समूहबाट टाढिएर अध्यक्ष केपी शर्मा ओली समूहमा गएका छन् । राष्ट्रपति भण्डारी र रावलको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

त्यस्तै नेकपा एमालेको आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ। अध्यक्ष केपी ओलीद्वारा विधान अधिवेशनको तयारीका लागि भन्दै आज बिहान ११ बजेका लागि डाकिएको बैठक स्थगित गरेको हो।

यो बैठक नेकपा एमालेभित्रको केपी ओली र माधव नेपाल दुबै पक्षका लागि निर्णायक मानिएको थियो। बैठक सोमबार अपराह्न ३ बजे बस्ने भएको छ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने ओली पक्षको आजको बैठकका आधारमा आफ्ना निर्णय अघि बढाउने संकेत दिएको थियो ।

ओली पक्षको आजको बैठकपछि नै नयाँ निर्णय गर्ने माधव पक्षका नेताहरुले बताएका थिए । यद्यपि नेपाल पक्षले ओली पक्षलाई बैठक बोलाउन र अधिवेशनका लागि विभिन्न गतिविधि गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न चेतावनी दिएको थियो ।

त्यस्तै अध्यक्ष केपी ओली पक्षले पनि नेपाल पक्षलाई बैठक तथा पार्टीगत गतिविधि नगर्न चेतावनी दिँदै आएको छ। नेपाल समूको बैठकलाई अनाधिकृत भन्दै त्यस्ता गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...