महाधिवेशन र एमाले एकताको लागि दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं। नेकपा एमालेको दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन्। सोमबार बोलाइएको स्थायी र केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा उनीहरुबीच पार्टी केन्द्रीय कार्यालय थापाथलीमा छलफल गरिरहेका छन्।

उनीहरुले नेपाल पक्षको सहभागिता, बैठकमा राखिने एजेण्डा र विधान महाधिवेशनमा प्रस्तुत गर्नका लागि बनाइने विधान मस्यौदा आदि विषयमा छलफल गरिरहेका बताइएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटीले केही दिनअअघि एकताकै पक्षमा जोड दिने निष्कर्ष निकालेको थियो।

नेपाल पक्षले अध्यक्ष ओलीबाट बोलाइएको बैठक तत्काल स्थगित गरिनुपर्ने र आपसी सहमतिमा अर्को मितिमा बैठक राखिनुपर्ने माग गरेको थियो। ओली पक्षले भने आइतबार सहमतिको प्रयास गरेर सम्भव भए सोमबारको बैठकमा समेट्ने र नभए पूर्वनिर्धारित एजेण्डाअनुसार अघि बढ्ने तयारी गरेको छ।

सोमबार दिउँसोसम्म वरिष्ठ नेता नेपाल र अध्यक्ष केपी शर्मा ओलीबीच सहमति हुने कुनै संकेत भने देखा परेको छैन। एमालेको यसअघिको बैठकले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशन तय गरेको छ। विधान महाधिवेशनको एक महिनाअघि नै मस्यौदा वितरण गर्नुपर्ने एमालेको विधानमा उल्लेख छ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...