सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा खुला

काठमाडौं । भर्जिन ग्यालेक्टिकले सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा खुला गरेको छ । अर्बपति रिचार्ड ब्रयान्सनले जुलाईमा सफलतापूर्वक अन्तरिक्षको यात्रा गरेर फर्केपछि अर्को वर्षदेखि व्यवसायिक रुपमा अन्तरिक्षको उडान सञ्चालन गर्ने उद्देश्यले टिकटको प्रि-बुकिङ खुलाइएको हो ।

प्रति टिकटको मूल्य ४५०,००० अमेरिकी डलर अर्थात् पाँच करोड ३५  लाख रुपैयाँ तोकिएको छ । कम्पनीले प्रकाशित गरेको विज्ञप्तिअनुसार रिचार्डको सफल यात्राले अन्तरिक्षप्रति सर्वसाधारणको रुचि बढाएकोले कम्पनीले शनिबारदेखि टिकट खुलाएको हो ।

‘मानिसहरूकाे अन्तरिक्षप्रतिको उत्सुकतालाई मेटाउँदै अन्तरिक्ष यात्राको ढोका खोल्न पाउँदा हामी निकै नै उत्साहित छौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कम्पनीका अनुसार इच्छुक यात्रुले एउटा मात्र सिट खरिद गर्न सक्छ, अथवा साथी र परिवारको प्याकेज पनि खरिद गर्न सक्छन् । त्यस्तै पुरै प्लेन पनि रिजर्भ गर्न सकिने कम्पनीले जनाएको छ ।

योभन्दा अगाडि नै कम्पनीले करिब ६०० वटा टिकट बेचिसकेको छ । भर्जिन ग्यालेक्टिकले अन्तरिक्ष पर्यटन बजारको विकासका लागि अमेजनका जेफ बेजोसद्वारा सञ्चालित ब्लु ओरिजिन र टेस्लाको एलन मस्कको स्वामित्वमा रहेको स्पेस एक्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

ब्लु ओरिजिनले आउने दिनमा अन्तरिक्ष यात्राको टिकटको रकम दुईदेखि तीन लाख अमेरिकी डलर राख्नसक्ने अनुमान गरिएकाे छ । स्पेस एक्सले पनि गत वर्ष आफ्नो ड्रागन स्पेसक्राफ्टमा क्रु सहितको उडान सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

आगामी दिनमा स्पेस एक्सले नासासँग सहकार्य गरेर अन्तरिक्ष यात्रीहरूलाई इन्टरनेशलन स्पेस स्टेशनमा पठाउने योजना बनाएको छ । 

+ posts

सम्वन्धित समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

ताजा समाचार

चीनबाट आइपुगयो भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको १० लाख २० हजार मात्रा नेपाल आइपुगेको छ। कोभ्याक्स अन्तर्गर्त नेपाल सरकारले...

माटोको ढिस्कोमा पुरिएर बालिकाको मृत्यु

जनकपुरधाम । सिरहामा माटोको ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। बुधबार बिहान धनगढीमाई नगरपालिका–६ मा माटो खन्न गएकी...

इजलास बहिष्कार गरेका न्यायाधीशहरु फुल कोर्टको बैठकमा सहभागी

काठमाडौ । अघोषित रुपमा इजलास बहिष्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरु प्रधानन्यायाधीशसहितको फुल कोर्टको बैठकमा...

‘देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भयो’

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने परम्परालाई कायम नै राखेकाले विकासमा पछाडि परेको बताएकी छन्।

पूर्व प्रधानन्यायाधीशहरुको दैलोदैलोमा जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले चार जना पूर्वप्रधानन्यायाधीशलाई उनीहरूकै घरमा पुगेर भेटेको खुलेको छ । दसैं बिदामा लगातार तीन दिन उनले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर...