गलत प्रवृत्तिका विरुद्ध झुक्दिन : नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमजस्तो अपमान सहेर नबस्ने भन्दै पार्टीभित्र देखिएको गलत प्रवृत्तिका विरुद्ध निरन्तर संघर्ष जारी राख्ने बताएका छन् ।  शनिबार काठमाडौमा भएको ‘कम्युनिस्ट आन्दोलनमा अवसरवाद’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले गलत प्रवृत्तिका विरुद्ध नझुक्ने बरु निरन्तर संघर्ष गर्दै अघि बढ्ने बताएका हुन् ।

उनले दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी भड्कावबाट जोगिँदै अघि बढ्नु नै अहिलेको आवश्यक्ता भएको प्रष्ट पारे । एमाले अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले  अहंकार, व्यक्तिवाद र विभिन्न स्वार्थ हावी भएकाले पार्टीभित्र समस्या आइपरेको बताए । 

‘अहंकार, व्यक्तिवाद, स्वार्थ हावी भयो । विकृति विसंगति धेरै कुरामा देखापरे’, नेता नेपालले भने, ‘यो समस्याको समाधान गर्ने कि त्यहीभित्र छिर्ने भन्ने प्रश्न छ । त्यस्तो प्रवृत्तिलाई सहयोग पुग्ने कुनैपनि काम गरिँदैन, त्यसका विरुद्ध जुधिन्छ’ उनले अपमान सहेर पार्टी एकता गर्न नसकिने पनि बताए । 

‘वामदेव कमरेडजस्तो अपमान भएर, अपमानित भएर त्यसपछि भाग्नुपर्ने अवस्था भयो भने घर न घाटको हुने ? न रुन सकिने न हाँस्न सकिने ? त्यो अवस्थामा कोही पनि नपरून्’ नेता नेपालको भनाइ छ ।  उनले अन्तिम समयसम्म पनि आफु एकताको पक्षमा लागेको र त्यो सफल नहुने भएपछि असहज बाटो रोज्नुपर्ने अवस्थामा पुगेको पनि बताए ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...