चार महिनाभित्र एकीकृत समाजवादी देशकै सबैभन्दा ठूलो पार्टी बन्छ : मेटमणि चौधरी

काठमाडौं । प्रस्तावित एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफूहरुले गठन गरेको नयाँ पार्टी चार महिनापछि देशकै सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् ।

नेकपा माओवादी केन्द्रलगायतका कम्युनिष्ट घटकसँग पार्टी एकता गर्ने तर एमालेसँग कुनै सहकार्य नहुने उनले बताए ।

निर्वाचन आयोगमा एकीकृत समाजवादीको सनाखत प्रक्रिया चलिरहँदा चौधरीले पत्रकारहरुसँग कुरा गर्दै आफूहरुले सोचेभन्दा धेरैको सनाखत भएको पनि बताए । चौधरीका अनुसार अहिलेसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना सांसदको सनाखत भइसकेको जानकारी दिए ।

उनले भने, ‘हामी चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछौं ।’ कसरी ठूलो पार्टी बन्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले वामएकताको आधार देखाए ।

‘हामीले माओवादी केन्द्र, जनमोर्चादेखि विप्लव, मोहन वैद्यलगायतका पार्टीसँग एकताको प्रक्रिया अगाडि बढाइसकेका छौं । त्यो चाँडै सम्पन्न हुन्छ’ उनले भने । एमालेमा केपी ओलीको नेतृत्व छउञ्जेल कुनै प्रकारको सहकार्य नहुने चौधरीको भनाइ छ ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...