कांग्रेस महाधिवेशनको कार्यतालिका हेरफेर

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय अधिवेशनको कार्यतालिका केही हेरफेर गर्ने तयारी भएको छ । क्रियाशील सदस्यता विवाद, जिल्ला सभापतिहरुको आन्दोलन र निर्वाचन समितिको तयारीलाई मध्यनजर गरेर भदौ १८ गते सुरु हुने वडा अधिवेशन भदौ २२ गते गर्न शीर्ष नेतृत्वबीच सहमति जुटिसकेको छ ।

विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच जिल्ला सभापतिहरुको माग लगायतका विषयमा छलफल भएको थियो ।

सोही क्रममा वडा अधिवेशन केहीदिन सार्ने विषयमा छलफल भएको बताइन्छ । तत्कालका लागि जिल्ला सभापतिको माग पूरा गरी अनसन अन्त्य गर्ने र सम्भव भए भदौ १८ नभए भदौ २२ मा वडा अधिवेशन गर्ने सहमति देउवा र पौडेलबीच भएको हो । वडा अधिवेशन भदौ २२ मा हुने वा भदौ १८ मै हुने भन्नेमा भने तत्काल निर्णय हुनेछैन ।

‘निर्वाचन समिति, जिल्ला सभापति र समग्रतामा हेर्दा भदौ १८ लाई तयारी नपुग्न सक्छ । त्यसैले वडा अधिवेशन ४ दिन सर्ने सम्भावना छ’, कांग्रेसका एक शीर्ष नेताले भने ।

ती नेताका अनुसार भदौ २२ मा वडा अधिवेशन भएपनि अन्य अधिवेशनको मिति भने यथावत राखिनेछ । अनसन अन्त्य गर्ने सन्दर्भमा पहाडी जिल्लाका सभापतिहरुले तयारीका लागि थप केही दिन आवश्यक पर्ने बताएका थिए ।

निर्वाचन समितिसंगको समन्वयमा वडा अधिवेशन भदौ २२ मा गर्ने निर्णय क्रियाशील सदस्यताको पूर्ण सूची सार्वजनिक भएलगत्तै गर्ने तयारी छ ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच सबै वडाको अधिवेशन एकैदिन गर्ने सहमति भएकोले पनि वडा अधिवेशन भदौ २२ मा पुग्ने निश्चित भएको हो ।

+ posts

सम्वन्धित समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

ताजा समाचार

इन्दिरा जोशीले रोजिन् मारवाडी केटा

काठमाडौं । गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । बिहीबारदेखि सुरु भएको माउन्ट एभरेस्ट फेसन रनवेमा...

जब ओली र प्रचण्डले एकअर्कालाई विष बमन गर्न थाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले र सत्ता गठबन्धनमा सहभागी माओवादी केन्द्र आगामी निर्वाचनबारे चिन्तित हुन थालेका छन्। आगामी फागुनमा स्थानीय तह...

२७ बुँदे स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय खोल्न पाइने

काठमाडौं। महानगरभित्र विद्यालय सञ्चालन गर्न चाहनेले २७ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाले बिहीबार जानकारी गराए...

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...