देशबाट भाग्नुको साटो मुलुकको प्रगतिमा होमिन तालिबान गर्यो अफगानीलाई आह्वान

एजेन्सी । तालिबानको राज चल्न थालेपछि देश छोड्न खोजिरहेका  मानिसका लागि तालिबानले बयान जारी गरेको छ । बाहिर जान चाहनेहरूले कमर्सियल उडान पुनः शुरू हुने प्रतीक्षा गर्नुपर्ने र उचित दस्तावेजका साथ सम्मानजनक तरिकाले विदेश यात्रा गर्न सक्ने तालिबानको भनाइ छ । 

तालिबानले अफगान नागरिकहरूलाई देशबाट भाग्नुको साटो मुलुककै प्रगतिका लागि काम गर्न आह्वान पनि गरेको छ । 

तालिबानको राजनीतिक कार्यालयका उपनिर्देशक शेर मोहम्मद अब्बास स्टानिकजाईले कमर्सियल उडानको प्रतीक्षा गर्न अफगानहरूलाई आह्वान गरेका हुन् । 

हजारौं अफगान नागरिक काबुल विमानस्थलमा भेला भएका छन् र देश छोड्न खोज्दैछन् । यस प्रयासमा कैयौंले ज्यान गुमाइसकेका छन् । 

बिहीवार भएको आत्मघाती आक्रमणमा लगभग १०० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिए । 

यस्तै आक्रमण फेरि हुन सक्ने भन्दै अमेरिकाले सैनिक र नागरिकहरूलाई विमानस्थलबाट टाढा बस्न भनेको छ । 

तालिबानले अफगानहरूलाई देशको प्रगतिका लागि काम गर्न र मुलुक छोडेर नजान भनेको छ । शत्रुहरूले तालिबानका विरुद्ध गरिरहेको नकारात्मक प्रचारको जवाफ इमामहरूले दिनुपर्ने पनि उसको कथन छ ।

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...