पहिरोले घर जोखिममा परेपछि बसोबासमा समस्या

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौँरीदेउराली गाउँपालिका–५ का नौ घर उच्च पहिरोको जोखिममा परेको छ । 

सो वडाको खार र रुम्टिमा केही दिनदेखि परेको निरन्तर वर्षाका कारण घर नजिकै गएको पहिराले उच्च जोखिममा परेपछि सो क्षेत्रका बासिन्दा अहिले घर छाडेर अन्यत्र बस्दै आएको वडा कार्यालयले जनाएको छ । 

वडा नं ५ का वडाध्यक्ष राजकुमार गौतमकाअनुसार बिरुवा टोलका भीमसेन गौतम, खारका युवराज गिरी, पोष्टराज गिरी, चेतुराज गिरी र नारायण गिरीको घर पहिराको उच्च जोखिममा छन् । 

त्यस्तै रुम्टिका मेहलाल गजमेर, झम्कप्रसाद चौलागाईँ, विशाल गौतम र मीनप्रसाद गौतमको घर पनि जोखिममा छ । ती घरको तलबाट पहिरो गएका कारण उच्च जोखिममा रहेकाले उनीहरु अहिले अन्यत्र बस्दै आएको वडाध्यक्ष गौतमे जनाए । 

“घर जोखिममा परेपछि बसोबासमा समस्या भएकालाई सङ्घसंस्थाको सहयोगमा तारजाली वितरण गरिएको भए पनि पानी परिरहेका कारण काम गर्न सकिरहेको छैन”, उनले भने, “खार र रुम्टिगाउँ भूकम्प गएदेखि भूगर्भविद्हरुले उच्च जोखिममा रहेको बस्तीका रूपमा चित्रण गरेको छ ।” 

बस्ती वरपर पहिरो गएका कारण त्यहाँका ३५\४० घरपरिवारलाई अन्यत्र सार्न पनि नसकिने र ढुक्कका साथ बस्न पनि नपाइने अवस्था रहेको उनले बताए । 

पहिला पनि भूकम्प गएदेखि पहिराको जोखिममा रहेको सो बस्तीमा पछिल्लो समय मोटरबाटो खनेपछि पानी परेर झन् जोखिममा परेको जनाइएको छ ।

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...