रहिनन् कलाकार निशा घिमिरे

काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ ।  मोडल घिमिरेको उपचारका क्रममा आज साँझ मृत्यु भएको नर्भिक अस्पतालले पुष्टि गरेको छ । 

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो । खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो । 
नर्भिक अस्पतालले गम्भीर बिरामी भएर घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो । सो क्रममा उनको सबैखालका विकल्प तथा विधिबाट उपचार गरिएको अस्पतालको भनाइ छ । लामो समयसम्मको उपचारपछि पनि उनको अवस्था स्थिर नै रहेको थियो । 

अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं ।’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भने–‘हामी दिवंगत आत्माको चिरशान्तिको कामना गर्र्दछौं भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं ।’ 

+ posts

सम्वन्धित समाचार

दशैमा सरकारी सवारी साधनको दुरुपयोग हेर्ने कसले ?

काठमाडौं । सरकारले निजामती कर्मचारीलाई दिने सेवा सुविधाको मापदण्ड बनाएको भएपनि त्यस्तो सुविधा मापदण्ड विपरित प्रयोग गर्ने गरिएको पाईन्छ । सरकारले सचिव,...

नेपाल स्थित राजदूतावासले पठायो दशैको शुभकामना : सम्पादकहरुलाई रक्सी उपहार

काठमाडौं । यतिखेर नेपालीहरुको महान चाड दशैं भव्य रुपमा देशभर मनाईरहेका छौं । करीव एकसाता लामो सार्वजनिक विदा सरकारले दिएको छ ।...

ताजा समाचार

दशैंको टीका : पूर्णिमासम्म टिका लगाउन सकिने

काठमाडौं । शुक्रबार मान्यजनबाट टीका, जमरा तथा प्रसाद ग्रहण गर्दै हिन्दु धर्मावलम्बीहरुको महान पर्व वडादशमी मनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले...

महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुरको कथा

सल्यान । महाअष्टमीमा खसी र छोरा दुवैलाई छप्काएका निमबहादुर एक बाबु हुन् । नेपालमा यस्तो प्रतिनिधि घटना यदाकदा घटिरहेका हुन्छन् । मासुको...

सभामुख सकेसम्म तटस्थ बस्छु भन्छन्, नसके नि ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको अवरोध हटाउन सकेसम्म तटस्थ बस्ने बताएका छन् । प्रश्न उब्जन्छ नसके नि ? नसके कसैको पक्ष...