तालिबानले छिट्टै सरकार निर्माण गर्ने

काठमाडाैं । अफगानिस्तान कब्जा गरेका तालिबान विद्रोहीले अब छिट्टै सरकार निर्माण गर्ने जनाएका छन् । उनीहरूका अनुसार सरकार गठनका सम्बन्धमा भएका विभिन्न चरणको वार्ता हिजाे बुधवार सकिएको छ ।

यसपछि अब छिट्टै नै नयाँ सरकार निर्माण गरिने जानकारी तालिबानका नेताले दिएका छन् । उनीहरूले सरकार बनाउने सम्बन्धमा नै राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए ।

अफगानिस्तानका स्थानीय सञ्चारमाध्यमले तालिबान समूहका नेताले आउँदाे केही दिनमा नै सरकार बनाउने कुरा बताएको जनाएका छन् ।

तालिबानले सत्ता कब्जा गरेपछि सरकार बनाउने विषयमा विभिन्न चरणमा विभिन्न नेतासँग छलफल गरेका र ती छलफल बुधवार सकिएको अफगानिस्तानका सञ्चारमाध्यमले जनाएका छन् ।  

ताबिलानका एक प्रमुख नेता मुल्लाह हबितुल्लाह अखुन्जादाले केही दिनअघि अफगानिस्तानका नेतासँग सरकार बनाउने विषयमा छलफल गरेका थिए ।

उनले अफगानिस्तानका पूर्वराष्ट्रपति हमिद कारजाईसँग पनि परामर्श गरेका थिए । पूर्वराष्ट्रपति कारजाईले तालिबानका वरिष्ठ नेता अब्दुल्ला अब्दुल्लासँग पनि भेटवार्ता गरेका बताइएको थियो ।

केही दिनअघि नै सरकार बनाउनका लागि भन्दै तालिबानका एक नेता अनस हक्कानी पनि अफगानिस्तानको राजधानी काबुल पुगेका थिए ।

यी नेताका भेटवार्तामा अफगानी उच्च सदन सिनेटका अध्यक्ष अब्दुल हादी मुस्लियार पनि सहभागी रहेका बताइएको थियो । अफगानिस्तानमा संयुक्त र सर्बपक्षीय सरकार बनाउने विषयमा छलफल भएको तालिबान नेताहरूले नै बताउँदै आएका छन् ।

उता अफगानिस्तानको अहिलेको अवस्थाको मध्यनजर गरेर यहाँका नागरिकका लागि आवश्यक सहयोग गर्न पाकिस्तानलगायतका विश्वका विभिन्न देशले आग्रह गरेका छन् ।

यतिखेर अफगानिस्तानको अवस्था अत्यन्तै नाजुक रहेको र अहिले यो देश नयाँ मोडमा उभिएकाले आउँदा दिनमा यहाँका नागरिकको सहयोग तथा अन्य व्यवस्थाका लागि विश्व समुदाय एक हुनुपर्ने पाकिस्तानका विदेश मन्त्रीले बुधवारमात्र बताउनुभएको थियो ।

कतिपय पश्चिमा तथा युरोपेली देशले अफगानिस्तान अहिले मानवीय सहायताको पर्खाइमा रहेको भन्दै यहाँका नागरिकलाई आवश्यक मात्रामा सहयोग गर्नका लागि विश्व समुदाय एक हुनुपर्नेमा जोड दिएका छन् । 

तालिबानी समूहका प्रवक्ता जबिउल्लाह मुजाहिदले गएकाे हप्तामात्र अफगानिस्तानमा सबै पक्षलाई समेटेर समावेशी खालको सरकार निर्माण हुने बताएका थिए ।  

+ posts

सम्वन्धित समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

ताजा समाचार

ईपीएल खेल्न शाहिद अफ्रिदी नेपालमा

काठमाडौं । विश्वचर्चित पाकिस्तान क्रिकेटर शाहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न बिहीबार नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिक्रिया दिँदै उनले...

म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्री गरे कारबाही : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले चाडपर्वका बेला म्याद गुज्रेका खाद्यसामग्री र औषधि बिक्री वितरण गरेको पाइएमा कानुन अनुरुप अगाडि बढ्न बाध्य हुने...

सञ्चारमाध्यमहरू खोजमूलक, सत्य तथ्यमा आधारित र स्वतन्त्र रहनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाखसम्म सबैलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसक्ने सरकारको योजना रहेको बताएका छन् । बिहीबार हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार...

झाँक्री बनिन् समाजवादीकी सचिव

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय पदाधिकारी चयन गरेको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले नेताहरुको कार्यविभाजन...

पार्टी स्वार्थी समूहको ‘फेडरेशन’ जस्तो भएको छ : ईश्वर पोखरेल

काठमाडाैं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीभित्र गुटबन्दी विष छरिएजस्तो छरिएको बताएका छन् । नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित...